६४ औं राष्ट्रिय सहकारी दिवस पथरी शनिश्चरेमा मनाइने - Crazysaptahik.com

६४ औं राष्ट्रिय सहकारी दिवस पथरी शनिश्चरेमा मनाइने

क्रेजी संवाददाता
पथरी । मर्यादित व्यसाय र प्रविधिमा सहकारी भन्ने मूल नाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस मोरङको पथरीशनिश्चरेमा मनाइने भएको छ ।

हरेक वर्ष चैत्र २० गते देशभर मनाइँदै आएको सहकारी दिवस यो वर्ष पनि मनाइने भएको हो । मोरङ जिल्लाभरका सहकारीकर्मीहरूले ६३ औं सहकारी दिवस पनि पथरी शनिश्चरेमै मनाउने योजना बनाए पनि कोरोना महामारीका कारण उक्त कार्यक्रम स्थागित गर्नुपरेको थियो । यस वर्ष पनि कोरोनाको कारण देखाउँदै सरकारले भिँडभाड भएर ठूला कार्यक्रम नगर्न आग्रह गरेपछि केही कार्यक्रमलाई स्थगन गर्दै दिवस सामान्य तरिकाले मनाइने आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

मूल समारोह समितिको आयोजकत्वमा हुने उक्त कार्यक्रममा नेपालमै प्रथम पटक सहकारीको स्थापना गर्ने स्व. बखानसिंह गुरुङको शालिक अनावरण गरिने भएको छ । स्व. गुरुङले वि.सं २०१३ सालमा नेपालमै प्रथम पटक चितवनमा सहकारी संस्था खोलेका थिए ।

२० गते विहान ११ बजे मनकामना सामुदायिक वनमा स्व. गुरुङको शालिक अनावरणपछि हरियाली सामुदायिक वनमा अन्य विविध कार्यक्रमहरु हुने आयोजकले बताएको छ । कार्यक्रममा प्रदेश नं १ का प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारीको प्रमुख आतिथ्यता रहनेछ भने संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री भानुभक्त ढकाल, प्रदेश नं १ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर लगायतको उपस्थिति रहने मूल समारोह समितिका संयोजक डिल्ली पोखरेलले जानकारी दिनुभयो । नेपालमा हाल करिब ३० हजार सहकारी संस्थाहरु रहेका छन् ।

सम्बन्धित खवर