युमा साम्यो नेपाल नयाँ कार्यसमिति सार्वजनिक - Crazysaptahik.com

युमा साम्यो नेपाल नयाँ कार्यसमिति सार्वजनिक

क्रेजी संवाददाता
पथरी । लिम्बु समुदायमा धार्मिक तथा साँस्कृतिक कार्य गर्ने हेतु राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्था स्थापना भएको छ ।
सोही हेतुको साथ गठन भएको युमा साम्यो महासभाका केन्द्रीय पदाधिकारी सदस्यहरु पनि युमा साम्यो नेपालमा आएका छन् । आज मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित सिरिजंघा स्मृति धार्मिक वन परिसरमा युमा साम्यो नेपालले पत्रकार भेटघाटको आयोजना गरी संस्था सार्वजनिक गरेको हो ।
वि.सं.२०८० चैत्र २० गते (एक महिना अघि) जिल्ला प्रशासन कार्यालय मोरङमा युमा साम्यो नेपाल दर्ता गरेको भन्दै आज कार्यसमिति सार्वजनिक गरेको हो ।
युमा साम्यो नेपाल केन्द्रीय अध्यक्षमा रनधोज सिरेङ चोङ्बाङ, बरिष्ठ उपाध्यक्ष नेत्र साउदेन, उपाध्यक्षमा लोकबहादुर साउदेन, सचिवमा भीमसेन लिङ्दम, सह–सचिवमा योबाहाङ लिम्बु, कोषाध्यक्षमा यामबहादुर लिम्बु र प्रवक्ता पदम चेन्जी माबो रहेको २१ सदस्यीय समिति गठन भएको हो ।
यसैगरी सदस्यहरुमा सुरेश मादेन, जसबहादुर चेम्जोङ, राजेन्द्र आन्छ्ङ्बो, डिल्ली सिगु, वीरेन जबेगु, आइतमाया शेर्मा, टेकमान सुब्बा, केशरसिंह लिम्बु, चन्द्रा फागो, देउमान सिरेङ लिम्बु, कुलमाया सङ्बाहाङफे, विशाल साँवा र हिमाल कुरुम्बाङ रहेका छन् ।
युमा साम्यो महासभाका केन्द्रीय उपमहासचिव भीम लिम्बु, योबाहाङ लिम्बु र केन्द्रीय सदस्य पदम चेन्जी माबो नयाँ संस्था युमा साम्यो नेपालमा आएका छन् ।
महासभाको उपमहासचिव योबाहाङ लिम्बुले त्यहाँबाट कोषाध्यक्ष लगायत पदाधिकारी र अधिकांश केन्द्रीय सदस्यले युमा साम्यो महासभा छाडेको बताएका छन् । धार्मिक संस्था भएर कार्यदिशा धार्मिक बनाउनु पर्नेमा निजी कम्पनी जस्तो जग्गा किनेर टहराहरु बनाउन थालेको, धार्मिक÷सांस्कृतिक कार्य नगरेकोले नयाँ संस्था स्थापना गर्नुपरेको योबाहाङ लिम्बुले बताए ।
यस्तै युमा साम्यो नेपाल नयाँ संस्थाका अध्यक्ष रनधोज चोङ्बाङले महासभाको अध्यक्ष देबेन्द्र वनेमले संस्थाको उदेश्य अनुसार काम गर्न नसकेको कारण संस्था दर्ता गर्नुपरेको बताए । महासभा २०७५ वैशाख २१ मा सुनसरीमा दर्ता भएको बताइएको छ ।
अध्यक्ष रनधोज चोङ्बाङले आफूले २०४८ सालदेखि युमाको कन्सेप्ट ल्याएपनि देबेन्द्र वनेम र अर्जुन माबुहाङले ओभरटेक गरेपनि चलाउन नसकेपछि साम्यो नेपाल दर्ता गर्नु परेको बताएका छन् ।
कार्यक्रममा संस्थाको परिचय, उदेश्य र कार्यसामितिको नामवलीसहितको विज्ञप्ति वितरण गरिएको थियो । साम्जिक मुन्दुम अनुसार साँस्कृतिक कार्य गर्ने, मुन्धुम विश्वविद्यालय स्थापना गर्ने, सांस्कृति स्थलहरुको संरक्षण र विकासमा लाग्ने लगायत उल्लेख छ । युमा साम्यो महासभालाई किरात याक्थुङ चुम्लुङ र किरात धर्म तथा साहित्य उत्थान संघको विकल्पमा खोलिएको संस्थाको रुपमा प्रचारहुँदै आएको थियो । महासभामा पनि विवाद आएपछि बिभाजित भएर युमा साम्यो नेपाल गठन भएको बुझिएको छ ।
साम्यो नेपाल सार्वजनिक कार्यक्रममा सिरिजंगा स्मृति धार्मिक वनका अध्यक्ष डम्बर चोङ्बाङले एक आपसमा फुटेर होइन जुटेर जानुपर्ने विचार व्यक्त गरेका थिए ।

सम्बन्धित खवर