क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० मा अवस्थित पूर्व–पश्चिम राजमार्गमा अनाधिकृत रूपमा रकम असुली भइरहेको भन्ने सूचना प्राप्त भएपछि नगर प्रहरीद्वारा सो स्थानको टहरा भत्काउनुका साथै सामाग्रीहरु जफत गरेको छ ।
सो स्थानमा बसी युवाहरुको जमातले निजी सवारी साधनहरूबाट समेत बिल काटी रकम असुली गर्दै आएको स्थानीयहरुले बताएका छन् ।
कानून विपरीत कार्य गरेको भन्दै सरोकारवालाहरूले तीव्र आलोचना र विरोध पश्चात् नगर प्रहरीले सो असुली धन्दा चलाएको स्थानमा रहेको सामाग्री जफत गरेका हुन् । नगर प्रहरी प्रमुख असई योगेन्द्र श्रेष्ठले भने– ‘हामी पटक पटक सो स्थानमा जाँदा त्यहाँ बस्ने युवाहरुको जमात नगर प्रहरीको गाडी देख्ने साथ त्यहा राजस्व उठाउने ब्यक्तिहरु सो स्थानबाट गाउँ तिर भाग्ने गरेका छन् ।’