नगर प्रमुख तुम्वापोद्वारा योजनाहरूको अनुगमन - Crazysaptahik.com

नगर प्रमुख तुम्वापोद्वारा योजनाहरूको अनुगमन


क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा भइरहेका विकास योजनाहरुको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनुगमन निरीक्षण गर्नुभएको छ ।
चैत ३१ गते पथरी शनिश्चरे वडा नं. १ मा अवस्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको भुल्के सिमसारको पोखरी खाजा घर, वडा नं. २ र ३ को सिमानामा पर्ने पुलहरु, पथरी नगर अस्पतालको भवनको टायल्स, वडा नं. ९ को बाटो स्तरोन्नति र वडा नं. १० को त्रिवेणी चौक लाइनको कालो पत्रे र गुम्बाको भवन निर्माणको अनुगमन गर्नुभएको हो ।
अनुगमन निरीक्षण पश्चात् प्रमुख तुम्वापोले स्थानीय आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरी कामलाई तीव्रता दिन निर्देशन समेत दिनुभएको छ ।

सम्बन्धित खवर