नेकपा पथरीशनिश्चरेको ३ नंबर वडा पार्टी कार्यालय उद्घाटन् - Crazysaptahik.com

नेकपा पथरीशनिश्चरेको ३ नंबर वडा पार्टी कार्यालय उद्घाटन्

पूर्व मन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य गोपी अछामीले समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियान सफलतापूर्वक अघि बढाएर लामो समयसम्म कम्यूनिष्ट शासन व्यवस्था कायम गर्ने वताएका छन् ।

अछामीले २६ औं मदन–आश्रित स्मृति दिवशको अवसरमा आज मोरङको पथरीशनिश्चरे नगरको ३ नम्वर वडा पार्टी कार्यालयको उद्घाटन्का क्रममा प्रशिक्षणको शैलीमा सो कुरा बताएका हुन् । वडा पार्टी कार्यालय उद्घाटन्सँगै प्रशिक्षणमुलक कार्यक्रममा बोल्दै अछामीले जिल्लाका सवै पालिकामा चाँडै नै पार्टीको नयाँ कमिटी निर्माण गरी जनताको मन जित्नेगरिका थप योजनाका साथ अघि बढ्ने वताएका हुन् । उनले जिल्लाका १७ निकायमा कसरी कमिटी बनाउने भन्ने कुरा टुंगो लागेको र अव तत्कालैबाट कमिटी निर्माण गरी घोषणा गरेपछि पार्टी सदस्यता नविकरण गर्ने तथा पालिका र वडा तहसम्म भेला अघि बढाउने वताए ।

कार्यक्रममा बोल्दै पार्टीका अर्का केन्द्रीय सदस्य महेश रेग्मीले व्यक्तिवादी सोचलाई हटाएर इमान्दारिताका आधारमा पार्टी कार्यकर्ताहरुलाई जिम्मेवारी दिने कुरामा लाग्नु पर्नेमा जोड दिएका छन् । नेता कार्यकर्ताहरुले श्रमसँग आफुलाई जोडेर अघि बढ्नु पर्ने समेत उल्लेख गर्दै त्यसो गरेमा मात्र मुलुकको साँच्चैको समृद्धि हुने उनको धारणा छ । कार्यक्रममा, पार्टीका नेता देवराज भण्डारी, पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई सहितले मन्तव्य व्यक्त गरेका थिए ।

नेकपा एकीकरण भएको वर्षगाँठको समेत सन्दर्भ मिलेको कार्यक्रममा जिल्ला र पालिकाहरुमा बाँकी रहेको कमिटी निर्माणको प्रक्रियालाई पछि पार्दै ३ नम्वर वडाले कमिटी समेत गठन गरेर कार्यालय खडा गर्नु प्रसंसनीय काम भएको सहभागिले चर्चा गरेका छन् । कार्यालयका लागि देवीप्रसाद घिमिरेले निःशुल्क रुपमा कोठा उपलब्ध गराएका छन् । त्यसका साथै कार्यालयका लागि घनश्याम कोइराला, रुद्र पोखरेल, प्रदिप फुयाँल, सरोज राई सहितले आवश्यक सामग्री व्यवस्थापन गरिदिएका छन् । गणेश वाछना राईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मदन र आश्रितको तस्वीरमा माल्र्यापण गरिएको थियो ।

०५० साल जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनामा निधन भएको थियो । सो दिनको स्मृतिमा मदनको कर्मथलोका रुपमा रहेको रतुवामाईस्थित इटहरामा समेत कार्यक्रम आयोजना गरी बहुदलीय जनवादका प्रणेता मदनको विचारलाई व्यवहारमा लागू गर्न जोड दिइएको छ ।

सम्बन्धित खवर