विप्लव समूहका ५ जना पक्राउ - Crazysaptahik.com

विप्लव समूहका ५ जना पक्राउ

क्रेजी साप्तहिक । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका भेरी ब्युरो इन्चार्ज बलबहादुर वलीसहित ५ जना पक्राउ परेका छन् ।
व्युरो इन्चार्ज वली र भेरी ब्यूरो सदस्य एवं सुर्खेत जिल्ला सेक्रेटरी खडकबहादुर खड्का सुर्खेतको भेरीगंगा नगरपालिका ५ भर्लेनीस्थित दलबहादुर वलीको घरबाट पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । उनीहरुसँग विभिन्न दस्तावेजसमेत बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले जाजरकोटको कुशे गाउँपालिका २ बाट अन्य थप तीन जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला जनसरकार प्रमुख हरिचन्द्र जैशी, मुगुको छायानाथ नगरपालिका घर भई कुशे गाउँ कमिटी सदस्य दीपकबहादुर सावत र जाजरकोट जिल्ला कमिटी सदस्य अजपाल बुढा रहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर