नेकपा एमाले पथरीशनिश्चरे ४ को अध्यक्षमा पुःन न्यौपाने सर्वसम्मत - Crazysaptahik.com

नेकपा एमाले पथरीशनिश्चरे ४ को अध्यक्षमा पुःन न्यौपाने सर्वसम्मत

क्रेजी संवाददाता
पथरी। नेकपा एमाले पथरीशनिश्चरे ४ नम्बर वडा कमिटिमा प्रेमप्रसाद न्यौपाने पुःन अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । जनता माझ लोकप्रिय रहेका न्यौपाने पहिलो वडा अधिवेशनमा पनि सर्वसम्मत अध्यक्ष भए र हालै सम्पन्न दोस्रो अधिवेशनमा पनि उनि सर्वसम्मत चयन भएका हुन् ।

शनिबार भएको अधिवेशनमा उपाध्यक्षमा उपेन्द्रबहादुर कार्की र शारदादेवी पौडेल, सचिवमा ज्ञानबहादुर बिष्ट, उपसचिवमा पवनचन्द्र घिमिरे (बि.क) र ममता लिम्बु, सदस्यहरुमा उर्मिला गौतम, फर्माकुमारी आले मगर, सिता कार्की, चित्रकला पराजुली , ज्ञानबहादुर थापा, जयबहादुर खड्का, अमर लावती, गजेन्द्र तामाङ, भागवत पासवान, कृष्णबहादुर बुढाथोकी र बाबुराम विश्वकर्मा सहित १७ सदस्य वडा कमिटि चयन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश कमिटि सदस्य भद्रमान विश्वकर्मा, जिल्ला कमिटि सदस्य विरध्वज शिवा र डिल्ली प्रसाद पोख्रेल, नगर कमिटि अध्यक्ष रमेश दाहाल लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रममा बोल्दै अतिथिहरुले नवनिवार्चित कमिटिका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्याक्त गरेका थिए ।

 

सम्बन्धित खवर