क्याम्प सचिवद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र - Crazysaptahik.com

क्याम्प सचिवद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

क्रेजी संवाददाता
मोरङ । भुटनिज शरणार्थीहरुको जीवनयापनका समस्याहरु दिगो समाधानको बिषयलाई समेट्दै झापाको बेलडाँगी क्याम्प र मोरङको पथरीशनिश्चरे क्याम्पका शिविर सचिवहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उहाँको जनसम्पर्क अधिकारी बुद्दी जिसी मार्फत् ज्ञापन पत्र बुझाएका छन् ।
नक्कली शरणार्थी प्रकरण भनेर कारण देखाउँदै अहिले नेपाल सरकारले जन्मदर्ता, ट्राभल डकुमेण्ट र शरणार्थी परिचय–पत्र नविकरणमा रोक लगाएको छ । जसको कारण प्रत्यक्ष रुपमा जीवन यापनमा कानुनी जटिलताले गर्दा समय भइरहेको छ । क्याम्पका सचिवहरुद्वारा गृह मन्त्रालयमा र संयुक्त राष्ट्र संघ शरणार्थी उच्च आयोगमा पनि ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएको छ । आगामी ३ महिनामा धेरै वटा समस्या समाधान हुनसक्ने आश्वासन सम्वन्धित निकायका पदाधिकारीहरुद्वारा जानकारी गराइएको छ ।
स्वदेश फिर्तीको मुद्दा यथावत नै रहेता पनि तत्काललाई दैनिक जीवन शैलीलाइ प्रभावित गर्ने विषयप्रति गम्भीर हुन बेलडाँगी क्याम्प सचिव सन्चहाङ सुब्बा र पथरी शनिश्चरे क्याम्प सचिव करण राईले जानकारी दिनुभयो ।

सम्बन्धित खवर