वडा नं. ७ मा महिला लक्षित कार्यक्रम अन्तर्गत व्यूटीपार्लर तालिम - Crazysaptahik.com

वडा नं. ७ मा महिला लक्षित कार्यक्रम अन्तर्गत व्यूटीपार्लर तालिम


क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे वडा नं. ७ को आयोजनामा महिला लक्षित कार्यक्रम अन्तर्गत व्यूटीपार्लर तालिमको समापन भएको छ ।
चैत २८ गतेदेखि सुरु गरिएको तालिमको बुधबार वडा कार्यालयको सभाहलमा समापन गरिएको हो ।
वडा अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । वडा सदस्य सपना राईले स्वागत मन्तव्य राख्नुभएको थियो । सो तालिममा वडाका २२ जना महिलाहरुले तालिम लिएका थिए ।
तालिममा सहभागी २२ जनालाई प्रमुख अतिथि तुम्वापोले प्रमाण–पत्र वितरण गर्नुभएको थियो । प्रशिक्षार्थीको तर्फबाट कृतिका भट्टराईले आफ्ना कुरा राख्नुभएको थियो भने तालिमको प्रशिक्षक मन्दिरा घिमिरेले गर्नुभएको थियो । वडा अध्यक्ष बस्नेतले वडाका महिला दिदी बहिनीहरु आत्मनिर्भर बन्दै अघि बढे महिला लक्षित कार्यक्रम नियमित थप गर्दै लगिने बताउनुभयो । कार्यक्रममा वडा सचिव इन्दु सुवेदी, वडा सदस्यहरु नरेश बहादुर राई, मणिकुमार लिम्बुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर