सहमहामन्त्री फागोको पहलमा खानेपानी संघर्ष समितिलाई आर्थिक सहयोग - Crazysaptahik.com

सहमहामन्त्री फागोको पहलमा खानेपानी संघर्ष समितिलाई आर्थिक सहयोग

क्रेजी संवाददाता
उर्लाबारी । नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोको पहलमा ‘लावाखोला खानेपानी संघर्ष समिति’लाई आर्थिक सहयोग प्रदान भएको छ ।
मोरङ जिल्लाको १७ वटा स्थानीय तह मध्ये जिल्लाको उत्तरपूर्वी भागमा रहेको मिक्लाजुङ गाउँपालिकाको वडा नं. २, ३ र ४ का जनतालाई खानेपानी खुवाउने अभियानलाई सार्थकता दिन सहमहामन्त्री फागोको टिम सहित पुगेको टोलीले ५५ हजार २ सय ५० रुपैया आर्थिक सहयोग गरेको हो ।
झण्डै १५८.९८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो पालिकाको अधिकांश भू–भाग सुख्खा पाहाडी क्षेत्रले ओगटेको छ ।
वि.सं. २०७८ सालको जनगणना अनुसार करिब ३३,१६७ जनसख्या रहेको यस पालिकाको वडा नम्वर २, ३ र ४ अर्धपहाडी वडामा पर्दछन् यि वडामा रहेका करिव १० हजार जनसंख्यालाई पर्याप्त मात्रामा खानेपानी पु¥याउने लक्ष्यका साथ अभियानलाई तिव्रता दिइएको छ ।
युवाहरुले स्थानीय सरकार र सहयोगी मनहरु, सामाजिक व्याक्तित्व, समुदाय र बैदेशिक रोजगारीमा गएका नेपालीहरुको आर्थिक सहयोगमा अभियानलाई अगाडी बढाईरहेका बेला पानी खुवाउने जस्तो पवित्र कार्यमा आफुले सक्ने सहयोग जुटाएर अभियानको यात्रामा होस्टेमा हैसे गरेको सहमहान्त्री फागोले बताउनुभयो ।
गाउँपालिकाको कार्यालय रहेको स्थानदेखि करिब २५ किलोमिटर टाढा रहेको वडा नं.१ को पहाडी भू–भाग रमिते डाँडाको खोचबाट निरन्तर बग्ने लावाखोलाको पानीलाई पाइपलाइनबाट एकीकृत गरी तराई झार्ने अभियानले सार्थकता पाए ५० औं वर्षदेखि खानेपानीको अभाव खेप्दै आएका मिक्लाजुङवासीले स्वच्छ खानेपानी खान पाउनेमा आशा पूरा हुने देखिन्छ ।

सम्बन्धित खवर