पथरी शनिश्चरेमा विपन्नको घर बनाउँदै एमालेका युवाहरू - Crazysaptahik.com

पथरी शनिश्चरेमा विपन्नको घर बनाउँदै एमालेका युवाहरू

क्रेजी संवाददाता
पथरी शनिश्चरे । नेकपा एमाले भातृ संगठन राष्ट्रिय युवा संघ विपन्न व्यक्तिको घर निर्माणमा जुटेको छ ।
मोरङको पथरीशनिश्चरे १० ऐयाबारीका विपन्न नागरिक दिलकुमार राईको घर निर्माणमा युवा संघ जुटेको हो । राष्ट्रिय युवा संघ पथरीशनिश्चरे नगर कमिटीको अगुवाईमा तीन कोठे पक्की वाल र जस्ता पाताको छानोसहितको राईको घर निर्माण अन्तिम चरणमा पुगेको छ ।
शनिबार संघका मोरङ जिल्ला इञ्चार्ज मनोज राई तथा जिल्ला अध्यक्ष प्रवीण घिमिरेसहित नेता कार्यकर्ताले घर निर्माणमा श्रमदान गरेका थिए । युवा संघका केन्द्रिय सदस्य तथा उर्लाबारी ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, पुर्व केन्द्रिय सदस्य तथा एमाले पथरीशनिश्चरेका युवा नेताहरु सञ्जिव गिरी, मनि लुम्फुवा, भक्त राई, पर्वत थापा, पथरीशनिश्चरे १ का वडाध्यक्ष भीमकुमार राई, २ नम्बर वडाका वडाध्यक्ष नैना राई, ८ नम्बर वडाध्यक्ष नवीनजंग कार्की, युवा संघका कोशी प्रदेश कमिटी सदस्य नवीन ढकाल, रन्जित कार्की, संघका मोरङ सचिव विवेक भुजेल, प्रवक्ता मनोज दाहाल, सन्तोष बान्तवा, अनुप थापालगायत श्रमदानमा खटिएका थिए ।

युवा संघ पथरीशनिश्चरे नगर कमिटी अध्यक्ष उपेन्द्र मादेन लिम्बूका अनुसार सहयोगी मनका दाता र शुभेच्छुकहरुबाट सहयोग जुटाई बनाइदैं गरिएको घर निर्माण अन्तिम चरणमा रहेको र रङरोगनको काम सकेर हस्तान्तरण गरिनेछ ।  घर नभएर दुःखजिलो गरी टहरामा बस्दै आएका वृद्ध दिलकुमार नयाँ घर बनाइदिएपछि दंग परेका छन् । विपन्न नागरिकको हितमा निरन्तर सिर्जनात्मक कार्यहरु गर्दै जाने युवा संघका नगर कमिटी अध्यक्ष मादेनले बताए ।

सम्बन्धित खवर