जनजातिहरुको अधिकार सम्बन्धी दुई दिवसीय सचेतना कार्यक्रम - Crazysaptahik.com

जनजातिहरुको अधिकार सम्बन्धी दुई दिवसीय सचेतना कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी दुई दिवसीय सचेतना कार्यक्रम सुरु भएको छ ।
आज पथरी शनिश्चरे वडा नं. १ को मनोहर होटल एण्ड पार्कमा सो सचेतना कार्यक्रमको उद्घाटन गरिएको हो । पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेको आयोजना भएको सो कार्यक्रमको अध्यक्षता भुवन धिमालको रहेको थियो । कार्यक्रममा नागरिक धिमाल व्यवस्थापन समितिका सल्लाहकार तिलक धिमाल, आदिवासी जनजाति महासंघ नगर अध्यक्ष देवेन्द्र वनेम, सचेतना कार्यक्रमका सहजकर्ता प्रेम घिसिङ, पूर्व जनप्रतिनिधि एवं धिमाल विकास केन्द्रको केन्द्रीय सचिव रोमान्सी धिमाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सचेतना कार्यक्रममा नगरका १४ वटा टोलबाट २ जनाको दरले उपस्थिति रहेको र कार्यक्रम समापन भोलि हुने अध्यक्ष भुवन धिमालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.