राई लेखक संघ मोरङमा ऋृषी चाम्लिङ - Crazysaptahik.com

राई लेखक संघ मोरङमा ऋृषी चाम्लिङ

क्रेजी साप्ताहिक । किरात राई लेखक संघको आज (बुधबार) मोरङ पथरीमा भएको भेलाले ऋृषी चाम्लिङ राईको अध्यक्षतामा ९ सदस्यीय समिती चएन गरेको छ ।
समितिको सचिबमा संगीता राई र कोषाध्यक्षमा अरुण राई रहेका छ्न । सदस्यहरूमा सुमित थुलुङ, कबिता राई, सन्तोष राई, कुमार राई, सुनिता र जानुका राई चयन भएका छन ।

कार्यक्रममा प्रमुख अतिथी किरात राई यायोक्खाको केन्द्रिय सचिव अर्जुन जम्नेली राईले लेखक, पत्रकार, युवा, विध्यार्थी लागेर प्रदेश नम्बर १ लाई किरात नाम लेखाउन सक्रिय हुनुपर्ने बताए । राईले किराँती समुदायका लेखकहरुले सिर्जना मार्फत साहित्यको भण्डार भर्नुपर्ने सुझाव दिए ।

कार्यक्रमको सभापतिसमेत रहेका संघको केन्द्रिय अध्यक्ष खुक्सङ खम्बु राईले संगठनको क्रियाकलाप र भावि योजनाको बारेमा बताएका थिए । पथरी बहुमुखी क्याम्पस मोरङको स्ववियु उपसभापतिसमेत रहेकी किरात राई विध्यार्थी संघको केन्द्रीय पार्षद निता कुलुङ राईले प्रथम भेला र भेलाबाट चयन भएका समितिलाई बधाई, शुभकामना दिएकी थिइन् ।

सम्बन्धित खवर