दुई दिने नेतृत्व विकास तालिम - Crazysaptahik.com

दुई दिने नेतृत्व विकास तालिम


क्रेजी साप्ताहिक पथरी । ‘विश्व भरिका आदिवासी जनजाति एक हौं’ भन्ने मूल नाराका साथ पथरीशनिश्चरेमा दुई दिने नेतृत्व विकास तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् पथरीशनिश्चरेले शुक्रबारदेखि सो तालिम सुरु गरेको हो ।

रेडियो नेपालका बरिष्ठ अधिकृत अमरध्वज लामा र नेपाल घेदुङ संघ भाषा साहित्य विभाग प्रमुख काजिमान थिङले नेतृत्व विकासको बारेमा सहजीकरण गरिरहेका छन् । जेठ २४ र २५ गते दुई दिने तालिम दिइने आयोजकका चन्द्र तामाङले जानकारी दिए ।  नेतृत्व विकास तामिलमको उद्घाटन नेपाल आदिवासी जनजाति जिल्ला महासंघका सह–सचिव भूपाल भुजेलले गरेका थिए । तालिममा जनप्रतिनिधि, संचारकर्मी र तल्लो समुदायका विपन्न वर्गका करिब १ सय प्रशिक्षार्थीले सहभागिता जनाएका थिए ।

सम्बन्धित खवर