एभरेष्टको सेरामिक तालिम सुरु - Crazysaptahik.com

एभरेष्टको सेरामिक तालिम सुरु


क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा एभरेष्ट आर्ट फ्युजनले माटाका भाँडा बनाउने एक महिने ताालिम आइतवारवाट शुरु गरेको छ ।पथरी सेरामिक उद्योगको समेत सहकार्यमा सञ्चालित ‘सेरामिक ह्विल थ्रोइङ एण्ड ग्लेज एप्लिकेशन ट्रेनिङ’ सुरु भएको हो । जसको एभरेष्ट आर्ट फ्यूजनका पूर्व अध्यक्ष टीकाराम राई र प्रशिक्षक अमर प्रजापतिले माटाका सामग्री निर्माण गरेर उद्घाटन् गरे ।

तालिममा नगरका १० वटा वडाबाट एक महिला र एक पुरुषका दरले २० जनालाई सहभागि गराइएको संस्थाका अध्यक्ष षडानन्द सुवेदी निश्चलले वताए । फ्यूजनले सेरामिक तालिमलाई व्यवसायिक रुपमा अघि बढाउँदै नगरको वडा नम्वर २ मा पथरी सेरामिक उद्योग नै स्थापना गरेको छ । जहाँ निर्मित सामग्री व्यवसायिक रुपमा विक्री हुन थालेको संस्थापक अध्यक्ष एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी सदस्य सरोजा खड्गीले बताइन् ।

सम्बन्धित खवर