घाँस काट्ने कटर वितरण - Crazysaptahik.com

घाँस काट्ने कटर वितरण


क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरका कृषिका व्यवसायिक फर्महरुलाई घाँस पराल काट्ने १० वटा विद्युतीय च्याफ कटर वितरण गरेको छ । नगरको आर्थिक विकास शाखा अन्तर्गत पशुपंक्षी शाखाले ७५ प्रतिशत अनुदानमा आज कटर वितरण गरेको हो ।

नगर प्रमुख दिलिपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले कटर वितरण गरेको पशुपंक्षी शाखाका पशु सेवा प्राविधिक पर्वत शाहले बताए । कटरका लागि नगरपालिकाको २ लाख ५० हजार रुपैयाँ विनियोजित गरेको छ ।

सम्बन्धित खवर