क्रेजी संवाददाता
झापा । झापाको भद्रपुर नगरपालिका चन्द्रगडीमा स्थापित चन्द्रगढी खानेपानी तथा सरसफाई उपभोक्ता समूहको निर्वाचनमा प्रगतिशील राष्ट्रवादी साझा समूहको प्यानल नै बिजयी भएको छ ।
असार ४ गते शनिबार भएको निर्वाचनमा समूहको प्यानलनै बिजयी भएको हो । अध्यक्षमा पुरूषोत्तम अधिकारी, उपाध्यक्ष बाबुराम पराजुली, सचिवमा बाबुराम कार्की, सह–सचिवमा झुमा शिवाकोटी दाहाल, कोषाध्यक्षमा खेमराज भट्टराई निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरूमा कृष्णप्रसाद खतिवडा, मोहन श्रेष्ठ, रामकुमार गिरी, गंगा घिमिरे नेपाल, सुजन बिष्ट दुलाल, सुमित्रा न्यौपाने भट्टराई, लेखा समिति संयोजकमा माधवप्रसाद घिमिरे, सदस्यहरूमा कृष्ण बहादुर कटुवाल र निर्मल चाम्लिङ निर्वाचित भएका हुन् ।