नगरपालिकाद्वारा ४ निर्णयहरु पारित - Crazysaptahik.com

नगरपालिकाद्वारा ४ निर्णयहरु पारित


क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको कार्यपालिका बैठकद्वारा ४ वटा निर्णयहरू पारित गरिएको छ ।
मंगलबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको बैठकले निर्णयहरु पारित गरेको हो ।
नगरपालिकाको बजेट अधिवेशन असार १० गते सम्पन्न गर्ने, फर्निचर खरिदको विषयमा निष्पक्ष जानकारी लिँदै सत्यतत्य विज्ञप्ती मार्फत् सार्वजानिक गर्न निर्देशन, शाखाहरुको बजेट नगरसभामा प्रस्तुत हुनेगरी स्वीकृत र असार ६ गते पुनः बैठक बसी नीति तथा कार्यक्रम विषयमा छलफल गरिने प्रवक्ता नविन कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर