हरियालीमा सुविधा सम्पन्न पौडी पोखरीको उद्घाटन - Crazysaptahik.com

हरियालीमा सुविधा सम्पन्न पौडी पोखरीको उद्घाटन

क्रेजी समाचारदाता
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूहमा सुविधा सम्पन्न पौडी पोखरीको उद्घाटन गरिएको छ ।
शुक्रबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सुविधा सम्पन्न व्यवस्थित पौडी पोखरीको उद्घाटन गर्नुभएको हो । वनका अध्यक्ष काबुल बहादुर मगर (विकास)को अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य वनका उपाध्यक्ष तथा हरियाली कम्पनी लि. का अध्यक्ष दिलबहादुर तामाङले राख्नुभएको थियो ।
यसैगरी वडाध्यक्षहरु नैना राई, उद्धवराज बस्नेत, विजय लिम्बु, इलाका प्रहरी पथरीका प्रमुख गणेश श्रेष्ठ, वनका सल्लाहकार विष्णु ज्ञवाली, विभिन्न सामुदायिक वनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यसैगरी वडा नं. ३ को नौमती बाजा सहितको टोलीको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर