क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक सम्पन्न भएको छ ।
आज नगरको सभाहलमा नगरपालिकाको उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक देवीमाया काफ्लेको संयोजकत्वमा समितिको बैठक सम्पन्न भएको हो ।
सो बैठकमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको समउपस्थिति रहेको थियो । यसैगरी प्रमुख प्रशासकीय अधिकृत शशि राई, विभिन्न समितिका सदस्य एवं विकास समितिका संयोजक वडाध्यक्षहरु र नगरका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
बैठकमा शाखा प्रमुखहरूले आ–आफ्नो बजेट तथा कार्यक्रम तर्जुमा स्लाइड मार्फत् प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन योजना तथा प्रशासन शाखा प्रमुख एवं सूचना अधिकृत शिव कुमार राईले गर्नुभएको थियो ।