क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा स्थापित हरियाली पौडी पोखरीमा एक भाग्यशाली पौडीवाचलाई पुरस्कार वितरण गरिएको छ ।
हरियली वन पब्लिक लि. ले सञ्चालन गरेको पौडी पोखरीमा आज भएको भाग्यशाली पौडिबाज चिठ्ठामा पथरी शनिश्चरे–१ निवासी जस्मिन लिम्बुले नगद रु. ५ हजार प्राप्त गरेकी छिन् ।
हरियाली वन पब्लिक लि. का अध्यक्ष दिलबहादुर तामाङले सो पुरस्कार वितरण गर्नुभएको थियो । गर्मी मौसम बढेसँगै हरियालीमा पौडी खेल्नेको घुइचो नै लाग्नेगरेको छ । भोलि पनि एक भाग्यशाली पौडीवाच बेलुका ठिक ५ बजे चिठ्ठा तानी घोषणा गरिनेछ । विहानै देखि टिकट काटी पौडी खेल्न आउनेहरुले चिठ्ठा प्रतियोगितामा भाग लिन सक्ने हरियाली वन पब्लिक लि.का प्रवन्धक रोहित बास्तोलाले जानकारी दिनुभयो ।