कानेपोखरी गाउँपालिकाको १८ औं गाउँसभा प्रारम्भ - Crazysaptahik.com

कानेपोखरी गाउँपालिकाको १८ औं गाउँसभा प्रारम्भ

क्रेजी संवाददाता
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको १८ औं गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ । बैठकमार्फत गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/ ०८३ लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।
सभामा गाउँपालिका अध्यक्ष राजमती इङ्नामले १०४ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम पाँचवटा विशेष उद्देश्यमा केन्द्रित रहेको छ — दिगो र योजनाबद्ध पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यमा लगानी, कृषि उत्पादन र बजारीकरणमा जोड, सुशासन प्रवद्र्धन, र सूचना–प्रविधिमा आधारित सेवा प्रवाह गरी ५ वटा मुख्य उद्देश्य रहेका छन् ।
यस्तै बैठकमा अध्यक्ष राजमती इङ्नामले आर्थिक वर्ष २०८१/ ०८२ को कानेपोखरी गाउँपालिकाको प्रगति समीक्षा प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको छ । साथै, गाउँपालिकाले आगामी वर्षको लागि ६७ करोड २९ लाख ९६ हजार रुपैयाँको सिलिङ बजेट सार्वजनिक गरेको छ ।

पहिलो बैठकले उक्त अनुमानित बजेट प्रस्तुत गरेको छ । आर्थिक विधेयक र विनियोजन विधेयक भने दोस्रो बैठकबाट पारित गरिने छ । अनुमानित बजेट तथा आर्थिक विधेयक उपाध्यक्ष भोला प्रसाद अधिकारीले सभामा प्रस्तुत गर्नुभएको थियो । आगामी असार २३ गते अर्को बैठक बस्ने गरी सभा अध्यक्ष राजमती इङ्नामले सभा स्थगित गर्नुभएको छ ।

सम्बन्धित खवर