पथरी योङहार्टमा वस्नेत र लायन्समा वुढाथोकी - Crazysaptahik.com

पथरी योङहार्टमा वस्नेत र लायन्समा वुढाथोकी


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा सामाजिक कार्यको उत्तरदायित्व वोकेको अन्तराष्ट्रिय सस्था लायन्स क्लव अफ योङहार्टको लागि अध्यक्ष चयन गरिएको छ । वर्ष २०१९÷२० का लागि पथरीका युवा व्यावसायी राजेन्द्र वस्नेत अध्यक्षमा चयन भएका भएका छन् ।

मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रीय संस्था अन्तरगतको लायन्स क्लव अफ योङहार्ट पथरी र लायन्स क्लव अफ पथरीको पदमा लायन रोशन बुढाथोकी चयन भएका हुन । मंगलवार गठित नया कार्यसमितिले आफ्नो कार्यभार सम्हालेकै दिन सामाजिक कार्यको आफ्नो दायित्व पुरा गर्दै पहिलो दिन नै पथरी शनिश्चरे वडा नं.७, लामाटोल निवासी शारिरिक असक्त मानबहादुर लिम्बूलाई व्हिल चेयर वितरण समेत गरेको छ ।

यस अघि लायन्स योङहार्टको कार्यभार लायन्स केदार वोहोराले सम्हाल्दै आएका थिए । लायन्सले पथरी क्षेत्रमा यस अधि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ, वाढी पहिरो, गरिवी निवारण, दैवि प्रकोप, जस्ता अपतका कार्यमा सर्वसाधरण लाई सहयोग गर्दै आएको छ ।
यसै महिना भित्र पथरीमा रहेको धार्मीक स्थल भुल्के देविमा भक्तजन आश्रमालय निर्माण गरिने नव नियुक्त लायन्स योङहार्टका अध्यक्ष राजेन्द« वस्नेतले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.