गुणस्तरीय शिक्षामा मोरङ मेरीगोल्ड - Crazysaptahik.com

गुणस्तरीय शिक्षामा मोरङ मेरीगोल्ड


भूमिप्रसाद पाठक

मोरङको पथरीशनिश्चरे–९ मा स्थापित मोरङ मेरीगोल्ड अङ्ग्रेजी हाई स्कुलको स्थापना वि.सं. २०५४ साल मङ्सीर ४ गतेका दिन धनपति खरेल खगेन्द्रप्रसाद सिटौलाले गरेका हुन् ।

तत्कालीन साविक शनिश्चरे गाविस अध्यक्ष मोहनकुमार न्यौपाने तथा शिक्षाप्रेमी तथा समाजसेवीद्धय स्वर्गीय कृष्णप्रसाद निरौला र मुकुन्द पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । २०६५ साल एसईई विद्यार्थीहरु १२ जना थिए । जसमा ११ जनाले अब्बल निकालेको यस विद्यालयले दिनानुदिन प्रगतिको शिखरतिर लम्किरहेको छ । पिजीदेखि १० कक्षासम्म ७ सयको हाराहारीमा जम्मा विद्यार्थी सङ्ख्या रहेको छ भने २३ जना दक्ष शिक्षक÷शिक्षिका रहेका छन् । ७ जना नन्टिचिङ स्टाफ छन् । ८ कट्ठा जग्गाको कम्पाउण्ड भित्र फैलिएको यस विद्यालय वातावरण प्रदूषणमुक्त छ ।

यस विद्यालयमा विद्यार्थीहरुका यातायातका लागि २ वटा स्कुल बसको व्यवस्था गरिएको छ । यस विद्यालयमा पथरी शनिश्चरे नगरपालीका भित्रैबाट पथरीबजार महेन्द्रचौक कुशे, शनिश्चरे बजार, भातेगौडा, सिरिसेडाँडा, त्यसैगरी कानेपोखरी गाउँपालिकाको दहीझोडा, बिहिबारे, सुनबर्षी नगरपालिका र रङ्गेली नगरपालिकामा पर्ने वारी र पारी दोमना बजार जस्ता आसपासका क्षेत्रबाट विद्यार्थीहरु आउने गरेको पाइन्छ । विद्यार्थीको शैक्षिक गुणस्तर समुन्नत गर्न तथा व्यवसायिक र व्यवहारिक राष्ट्र–राष्ट्रियता साथै धर्म र संस्कृतिकालाई समेट्दै समान मूल्य–मान्यतालाई पालना गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । प्लेग्रुपदेखि अध्यापन हँुदैं आएको विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा–२ सम्म बालमैत्री वातावरणमा दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्धारा विद्यार्थीमैत्री प्रविधिबाट अध्यापन हुने गर्दछ ।

यस्तै स्कुलमा साना तथा ठुला विद्यार्थीलाई कम्प्युटर शिक्षा तथा व्यक्तिगत क्षमता अभिवृद्धि गर्न सक्ने किसिमको अतिरिक्त शैक्षिक प्रणाली प्रदान गर्दै आएको छ । ‘एसईई लेखेका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउँदै आएका छन्’ प्रिन्सिपल मनरथ खरेलले भने ‘देश विदेशसम्म बिक्ने व्यवहारिक शिक्षा प्रदान गदै आएको बताउदै प्रिन्सिपल खरेलले दक्ष शिक्षक ÷ शिक्षिका, परिश्रमी विद्यार्थी र सहयोगी भावनाका अभिभावकले आफूहरु सफल हुँदै गएको’ बताए ।

अङ्ग्रेजीलाई विशेष प्राथमिकता दिदै आएको विद्यालयमा प्रि -प्राइमरी र सोभन्दा माथिको विद्यार्थीलाई पठनपाठनका लागि फरक-फरक कक्षाको व्यवस्था गरिएको छ । यस विद्यालयमा कमजोर विद्यार्थीका लागि कोचिङ कक्षाको पनि व्यवस्था गरिएको छ । यस अनुकूल परामर्श अवलोकन भ्रमण, गाउँ गाउँसम्म पुगेर प्रयोगात्मक सिकाइ, श्रव्य दृश्यद्वारा मल्टीमिडिया र कक्षा प्रोजेक्टरको माध्यमबाट शिक्षण सिकाइमा जोड दिने गरिएको छ । यस विद्यालयमा स्वास्थ्यकर चमेना गृह र स्वच्छ खानेपानी उचित शौचालयको व्यवस्था पनि गरिएको छ । यस्तै विद्यालयले विद्यार्थीलाई सामाजिक मान्छे बनुन् भन्ने हाम्रो ध्येयले, नैतिक , अनुशासन, रहनसहन, संस्कार, भाषा , धर्म, संस्कृति पहिचानका बारेमा पनि जानकारी दिदै आएको प्रिन्सिपल खरेलले सुनाए ।

विद्यार्थीको सर्वाङ्गीण विकासमा सघाउन हरतरहले आफूहरु लागिपरेको उनको भनाइ छ । यस्तै सामाजिक कार्य अन्तर्गत असहाय, गरिब, एकल महिला निम्न आय भएका अभिभावकलाई सहयोग गदै आएको उनको कथन छ । अभिभावक र शिक्षकवीच छलफल, अन्तरक्रिया विद्यार्थीको पढाइमा सहयोग पुग्ने कुराको ख्याल गरिएको छ । विद्यालयले अतिरिक्त क्रियाकलापमा ध्यान दिएकाले विद्यार्थीले विभिन्न प्रतियोगितामा भाग लिएर पुरस्कृत भइसकेको सहायक प्रिन्सिपल धनपति खरेलले बताए । ‘जुनसुकै प्रतियोगितात्मक कार्यक्रममा भाग लिए पनि १-२ वटा पुरस्कार जितेकै हुन्छन्’ उनले भने । विद्यार्थीमा चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलाप जस्तैः खेलकुद, भलिबल, फुटबल , बास्केटबल कराँते, व्याटमिन्टन , क्रिकेट गायन, गीत सङ्गीत , कक्षागत निबन्ध लेखन, कविता स्पेलिङ कन्टेष्ट र हाजिरीजवाफ प्रतियोगिता आदिमा जोड दिदै आएको उनको कथन छ ।

सरकारी मापदण्ड भन्दा पनि उत्कृष्ट भवन छ । त्यसमा २ तले भवनमा ३ वटा ब्लकभित्र २१ वटा कोठाको पर्याप्त भौतिक पूर्वाधार पर्याप्त खेलकुद मैदान, विद्यालय भवन, विज्ञान प्रयोगशाला नृत्यको छुटै कक्षा, पुस्ताकालय , कम्प्युटर ल्याब, स्कुल बस, खेलकुद सामग्री स्टेज उद्घोषण कला (बोल्ने कला ) तालिम सहाद्र्धपूर्ण वातावरण, शैक्षिक भ्रमणको व्यवस्था, जेहेन्दार विद्यार्थीका लागि छात्रवृतिको व्यवस्था, बजारको कोलाहलबाट टाढा, स्वच्छ प्रदूषण रहित वातावरण, स्वच्छ खानेपानी कमजोर विद्यार्थीलाई अनिवार्य कोचिङ कक्षाको व्यवस्था, कक्षा नर्सरीदेखि २ सम्म बालमैत्री वातावरणमा दक्ष तथा अनुभवी शिक्षक÷शिक्षकाद्वारा विद्यार्थीमैत्री प्रविधिबाट अध्यापन साना तथा ठूला विद्यार्थीलाई कम्प्युटर शिक्षा तथा व्यक्तिगत क्षमता अभिवृद्धि गर्न सक्ने किसिमको अतिरिक्त शैक्षिक प्रणाली प्रदान गर्ने यस विद्यालयको सुविधा र विशेषताहरु छन् ।

विद्यार्थीहरुको अनुशासन पठनपाठन र विद्यालयको सिङ्गो वातावरणलाई प्रभावकारी ढङगले निगरानी गर्नका लागि निकट भविष्यमा सिसिटिभी क्यामेरा जडान गर्ने योजना रहेको छ । ११ वर्षको एसईईसम्म आइपुग्दा यस विद्यालयले प्रगतिको फड्को मारेको छ ।

त्यसमा यसपालिको एसइईमा ४५ जना विद्यार्थीमा ६ जनाले ए प्लस, २५ जनाले ए, १३ जनाले बी प्लस र १ जनाले बी मात्र रहेको विद्यलयका तथ्याङ्कमा छ । अन्त्यमा, नगरपालिकाबाट अनुमति लिइसकिएकाले प्लस टु चलाउने कुरा सबै अभिभावक वर्गमा जगजाहेर नै गर्दछौं ।

त्यसमा व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय चलाउने योजना रहेको प्रिन्सिपल खरेलले जनाए । मेहनती र कर्तव्यनिष्ठ शिक्षक÷शिक्षिका अनुशासित र अध्ययनशील विद्यार्थी सक्षम , सबल, असल, कुशल संस्थापक भएकाले हुने विरुवाको चिल्लो पात भने झै मोरङ मेरीगोल्ड सफलताको शिखरमा पुग्दै गएको छ । यस विद्यालयले सरकारी नीति नियम संस्थागत विद्यालयको क्षेत्र परिधिभित्र रहेर पाठ्यपुस्तक पठनपाठन गराउँदै आएको छ । यो विद्यालयले जीवनोपयोगी सीप, युग सुहाउँदो शिक्षा दिन अग्रसर देखिएको छ ।

सम्बन्धित खवर