'कोरोना संक्रमणका कारण जारी लकडाउन अवधिभर घरबहाल छुट गर्न अपील गरेका छौं' - Crazysaptahik.com

‘कोरोना संक्रमणका कारण जारी लकडाउन अवधिभर घरबहाल छुट गर्न अपील गरेका छौं’

– दीपक बस्नेत, अध्यक्ष
पथरी उद्योग वाणिज्य संघ, पथरी शनिश्चरे

पथरी शनिश्चरेको तीन दशक लामो समयमा प्रतिवद्धताका साथ काम गर्ने व्यक्ति हुन् – दीपक बस्नेत । वि.सं. २०४३ सालमा पथरी व्यापार संघका नामले स्थापित यो संघले प्रारम्भिक दिनहरूमा भाडाको घरमा आफ्नो नियमित काम सम्पादन गर्नुपरेको थियो । २०७४ माघ २९ गते सम्पन्न संघको १७ औँ साधारणसभाबाट ठूलो मतान्तरले निर्वाचित दीपक बस्नेत नेतृत्वको पथरी उद्योग वाणिज्य संघ, पथरी शनिश्चरेले २०७६ फागुन ५ गते शिलान्यास भएको कार्यालय भवन निर्माणको प्रारूप अघि बढाएको मात्र छैन, पहिलो तलको कामसमेत सम्पन्न गरेको छ ।

पथरी उद्योग वाणिज्य संघ, पथरी शनिश्चरेको स्वामित्वमा रहेको ३ कठ्ठा जमिनमा साढे १ कठ्ठाभित्र यो अत्यन्तै सुविधासम्पन्न कार्यालय भवन तयार भइरहेको छ । यहीँ सन्दर्भको सेरोफेरोमा रहेर अध्यक्ष दीपक बस्नेतसँग उहाँको कार्यकक्षमा गएर तयार गरिएको संवादका मुख्य अंशहरू :–

आजकालको दिनचर्या कस्तो छ ?
– कोरोना महामारीका कारण सर्वत्र डर त्रास छ । यसको संक्रमण रोक्न राज्यले लक डाउन कार्यान्वयनमा ल्याएको छ । लक डाउनका कारण भनेजस्तो व्यापार व्यवसाय छैन । अब भने लक डाउन केही खुकुलो भएझैं भएको छ । लक डाउनकै बीचमा संघले आफ्नो कार्यालय भवन निर्माणको योजना अघि सारेको थियो । नेतृत्वका हिसावले पनि धेरैजसो समय भवन निर्माणको प्रक्रियामा दिइरहेको छु । योसँगै स्थानीय सरकारको कोरोनाविरूद्ध लडाईं लड्ने विषयमा संस्थागत सहकार्यमा समय निकाल्दै आएको छु ।

पथरी उद्योग वाणिज्य संघ, पथरी शनिश्चरेको भवन कुन गतिमा अघि बढेको छ ?
– म मूल नेतृत्वमा आएसँगै हामीले भवन निर्माण गर्ने प्रस्ताव अघि सा¥यौं । क्रमशः यो उत्साहप्रद ढंगले कार्यान्वयनमा आयो । स्थानीय स्तरमा क्रियाशील तमाम व्यापारी, व्यवसायी, उद्यमी, उद्योगी र नागरिकको सहयोग लिएर नगरको वडा नं. २ मा ५३ लाखमा जमिन खरिद ग¥यौं । गएको फागुन ५ यो स्थलमा भवन निर्माणको संकल्पसहित यसको शिलान्यास ग¥यौं । आजका मितिमा कुरा गर्नुपर्दा गएको असार २९ गते भवनको पहिलो तलको ढलानको समेत काम सम्पन्न गरेका छौं ।

तपाईं नेतृत्वको यो निर्माणको प्रक्रियामा सरकारहरूबाट पाएको सहयोग के–के हो ?
– हेर्नुस् । यो आम चासोको विषय पनि हो । हामीकहाँ ३ वटा सरकारहरू छन् । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय भानुभक्त ढकालबाट रू. १५ लाख, प्रदेश सरकारबाट रू. २० लाख र स्थानीय सरकारबाट पटकपटक गरी रू. २० लाख प्राप्त भएको छ । यो मोटो आम्दानीका हिसावले अहिलेसम्म जम्मा एकतला निर्माण गर्दासम्म जमिन खरिदबाहेक रू. ६० लाख बराबर खर्च भएको छ । भरखरै असार सकिएको छ । अब चाँडै अर्डिटमार्फत फरफराक भएको सम्पूर्ण हिसावकिताव सार्वजनिकीकरण हुनेछ ।

यहाले नेतृत्व सम्हालेदेखि अहिलेसम्म पथरी उद्योग वाणिज्य संघ, पथरी शनिश्चरे के–कस्ता कामहरूले प्राथमिकता पाइरहेको छ ?
– वि.सं. २०४३ सालमा स्थापित पथरी उद्योग वाणिज्य संघको नाममा आफ्नो कार्यालय निर्माण गर्न ३३ वर्ष लाग्यो । हामी र हाम्रो प्रयत्न सफल हुन यति लामो समय लाग्यो । मलाई लाग्छ– यहीँ नै ठूलो उपलब्धी हो । म अध्यक्षको जिम्मेवारीमा आए पश्चात नेपाल उद्योग वाणिज्य संघको आवद्धता लिने र सदस्यता प्राप्त गर्ने काम भयो । स्थानीय प्रत्येक व्यापारी, व्यवसायी र उद्योगीहरूको व्यक्तिगत र व्यवसायिक विवरण फारम राख्ने काम गरेका छौं । आन्तरिक राजस्व अर्थात् कर कार्यालयको सुगमता र सहजतालाई पनि यहीँ व्यवस्थापन गरेका छौं ।

यस्तो लक डाउनका समयमा व्यापारी–व्यवसायीले व्यहोर्नुपरेको घरबहाल, बैंक लगायत समस्याहरूलाई कसरी लिनुभएको छ ?
– हामीले व्यापारी–व्यवसायीका घरबहाल, बैंकलगायतका समस्या सुल्झाउन सुक्ष्म ढंगले अध्ययन गरेका छौं । कतिपय समस्या उन्मुक्तिका लागि विषयगत सहकार्यका गर्न स्थानीय सरकारको ध्यानाकर्षण गराएका छौं । कोरोना संक्रमणका कारण जारी लकडाउन अवधिभर घरबहाल छुट गर्न अपील गरेका छौं । कतिपय व्यापारी–व्यवसायीले सो छुट पाएको जानकारी हुनमा आएको छ । सहुलीयतमा ऋण उपलब्ध गराएका छौं । बैंकिङ् कारोबार र किस्ता सम्बन्धी समस्या हल गर्न सम्बन्धित वित्तीय संघसंस्थासँग कुराकानी अगाडि बढाएका छौं ।

निर्माणाधीन भवन कस्तो हुनेछ ?
– हामीले यसको डिजाइन र नक्सा स्थानीय इञ्जीनियर मानबहादुर दियालीबाट तयार पा¥यौं । यसको सत्यापन र थप सम्भावना खोज्ने समेत काम ग¥यौं । अन्नतः यो नै ठीक ठहरियो र तदानुरुप काममा लाग्यौं । यो भवन अत्याधुनिक साधनस्रोत, प्रविधिमैत्री र भ¥याङको सट्टा लिफ्ट गरिएको हुनेछ । पहिलो तल्लो तलामा पार्किङ हुनेछ । पहिलो तलामा सार्वजनिक प्रयोगका लागि ठूलो हल हुनेछ । दोस्रो तलामा कार्यालय प्रयोजनका हिसावले प्रशासनिक कक्षहरू रहनेछन् । यसैमा मिनीहल रहनेछ । तेस्रो तलामा अतिथिकक्षहरू हुनेछन् । चौथो तलामा सभाहल रहनेछ ।

स्थानीय सरकारले आफ्नो कार्यालय बनाउन नसकिरहेको बेला यो तपाईंको प्रयास कसरी सम्भव भयो ? यो त ठूलो कुरा हो नि, होइन र ?
– हो, वास्तवमा यो निक्कै ठूलो प्रयत्नपछि सम्भव भएको हो । संस्थागत काम सम्पन्न गर्ने कुरामा संस्थागत योजना कार्यान्वयनमा दृढ इच्छाशक्ति र नीतिगत इमान पहिलो पक्ष होजस्तो लाग्छ । हामीसँग यो चीज थियो, परिणामस्वरुप यो काम सम्भव भयो । योबाहेक स्थानीय सहयोग अर्को महत्त्वपूर्ण पक्ष हो । खासगरिकन पथरीभित्र तमाम सहयोगी व्यापारी–व्यवसायीहरू, संघका आजीवन सदस्य महानुभावहरू र पथरी बाहिरबाट मेरा अनन्य मित्र इटहरीका उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेलबाट रू. ७ लाख १ हजार, स्थानीय उद्योगी एवम् उर्जावान् व्यक्तित्व मानबहादुर श्रेष्ठबाट रू. ५ लाख ५५ हजारलगायतको सहयोगले विशेष उर्जा भरेको छ । सबैको यो प्रयत्नले भवन बन्न सम्भव भएको हो भन्ने ठान्दछु ।

यहा“, तपाईंको नेतृत्वमा कर कार्यालय आउने कुरा छ नि, होइन र ?
– हो, यस पटक पथरी शनिश्चरे नगरमा थप एउटा सरकारी कामकाजको क्षेत्र बढ्दैछ । सन्दर्भ के थियो भने अघिल्लोसाल व्यापारीहरूलाई स्थानीय स्तरमै करसेवा उपलब्ध गराउन पथरी उद्योग वाणिज्य संघको टोली आन्तरिक राजस्व कार्यालय, विराटनगरमा गएका थियौं । त्यहीँबेला संघीय सरकारको अर्थ मन्त्रालय अन्तर्गत करसेवा कार्यालय देशैभर बिस्तार गर्ने सूचना पायौं । यसपछि हामीले नै यहाँ आफ्नो क्षेत्रमा कार्यालय स्थापना गर्ने अथक प्रयत्न ग¥यौं । यसमा सम्झनैपर्छ– हाम्रो क्षेत्रका सांसद एवं संघीय सरकारका मन्त्री भानुभक्त ढकालको चासो र पहलमा यहाँ कार्यालय सञ्चालनमा आउने भएको हो । अब विराटनगरपछिको ठूलो कर अर्थात्
आन्तरिक राजस्व कार्यालय यहाँ सञ्चालनमा आउने भएको छ । अब उत्तरपूर्व मोरङलगायत क्षेत्रका सेवाग्राहीहरूले बिराटनगर वा बिराटचौक धाउनुपर्ने अवस्था रहँदैन । यो अवसर जुटाउन सहयोग गर्नुपर्ने तत्कालीन कर कार्यालयका प्रमुख दिलिप गौतम र अहिलेका विमल सापकोटालगायत कर अधिकृत हरि सेढाईंलाई उहाँहरूको योगदानलाई स्मरण गर्दछु ।

पथरी उद्योग वाणिज्य संघ, पथरी शनिश्चरेका भावी रणनीतिहरू के–के छन् त ?
– पहिलो कुरा त अब समयमै निर्वाचन गराउने, नेतृत्व हस्तान्तरण गराउने, कोरोना महामारीका कारण यसको असरलाई ध्यान दृष्टिगत गर्दै व्यापारी –व्यवसायीहरूले लिएको बैंक ऋणमा राष्ट्रिय बैंकमार्फत सरकारले ल्याएको मौद्रिक नीति कार्यान्वयनमा ल्याउन जोडदार रूपमा पहल लिने, निर्माणाधीन भवनलाई चौथो तलामा लान योजना आवधिक गर्दै जाने, यहाँ सञ्चालनमा ल्याइने कर कार्यालयसँग सहकार्य गर्ने, स्थानीय व्यापारी–व्यवसायीका समस्या र पीरमार्कालाई बुझेर समाधानका लागि सरकारसँग सहकार्य गर्ने र सरकारको समृद्ध नेपाल र सुखी नेपाली निर्माणको अभियानमा हातेमाले गर्ने
रहेको छ ।

र अन्त्यमा …?
– एउटा कुरा चाहिँ के भने विभिन्न खाले संघ संस्था, समाज, राजनीतिक दल, राष्ट्र आदि आफैमा त्याग र समर्पणभावले मात्र चल्न सक्दछ । यसलाई गति दिन समयसापेक्ष अध्ययन, विषयगत योग्यता–क्षमता, इमान, निष्ठा र योजना कार्यान्वयनमा दृढ इच्छाशक्ति चाहिन्छ भन्ने भिन्न अनुभूति रह्यो मेरो यसबीचमा । यो अनुभूतिको पक्ष तपाईं सबै समक्ष राख्न वा बाँड्न चाहन्छु । यस बीचमा, संस्थागत योजना निर्माण र कार्यान्वयनमा दत्तचित्त भएर लाग्नुहुने सहयोद्धाहरू, सहयोगी मनहरू र विभिन्न ढंगले सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्वलाई पुनः सम्झन चाहन्छु । संस्थागत प्रगतिका पक्षहरूलाई उजागर गरिदिने सञ्चारमाध्यमलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

– प्रस्तुति : भूमिप्रसाद पाठक

सम्बन्धित खवर