मोरङ क्षेत्र नं. १ को प्रदेश सांसदको उम्मेदवारमा चर्चा कमाएका चिरञ्जीवी थापा को हुन ! - Crazysaptahik.com

मोरङ क्षेत्र नं. १ को प्रदेश सांसदको उम्मेदवारमा चर्चा कमाएका चिरञ्जीवी थापा को हुन !

क्रेजी संवाददाता
उर्लाबारी । निर्वाचन आयोगले मंसिर २ गते संघ र प्रदेशको निर्वाचन गर्ने प्रस्ताव गरेसँगै नेताहरुको दौडधुप बढेको छ । टिकट हत्याउनेदेखि भेटघाट बाक्लिएको छ ।

सोही क्रममा समाजसेवी उर्लाबारी वडा नं. २ निवासी चिरञ्जीवी थापाको नाम पनि मोरङ क्षेत्र नं. १ को प्रदेश सांसदमा चर्चामा छ । लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेका थापा यस पटक नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नं. १ (क) को प्रदेश सांसद उम्मेद्वार बन्ने स्रोतले बाताएको छ ।

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका थापा नेपालका उम्दा युवा ब्यवसायी हुन् । केही समय जापानमा रहेर नेपाल फर्किएका थापा जापान रहदा होस या हाल नेपालमा रहदा होस उनि सधै कांग्रेसमा सक्रिय रुपमा रहदै आएका व्याक्ति हुन् ।

आउदो प्रदेश साभाको निर्वाचनमा पार्टीले जिम्मेवारी दिएको खण्डमा क्षेत्र–१ को उर्लाबारी र मिक्लाजुङ गाउपालिकाको विकास र समृद्धिका लागि आफु पछि नहटी उम्मेदवार बन्न तयार भएको उनको भनाई छ ।

जापानमा रहँदा थापाले लामो समयदेखि जनसम्पर्क समिति जापानमा रही नेपाली कांग्रेसको सक्रिय राजनीति गर्दै आएका थिए । जनसम्पर्क समिति जापानको पटक–पटक कार्यबहाक अध्यक्षको जिम्मेवारी समालेका थापा २०६२, ६३ को जनआन्दोलनमा जापानमा रहेको नेपाली दूतावास घेराउ गर्ने क्रममा पक्राउ समेत परेका थिए ।

वि.सं. २०४६ सालमा नेविसंघको स्कुल इकाई समितिबाट राजनीति सुरु गर्नुभएका थापा अध्ययनका सिलसिलामा जापान पुगेका थिए । बैकिङ, होटल, उर्जा, सोलार, कृषि लगायतको व्यवसायमा आवद्ध उनि एनआरएन जापानको कार्यबहाक अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् ।

एमविए सम्मको अध्ययन पुरा गरेका थापा नेपाली कांग्रेसको महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतले विजयी बनेका थिए ।

नेपाली कांग्रेस प्रदेश–१ का सहमहामन्त्री खड्ग फागोको क्षेत्रबाट उम्मेदवारी दिने चर्चा कमाएका थापाको उम्मेदवारीमा फागो समेत सकरात्मक रहेको स्रातले बताएको छ ।

सम्बन्धित खवर