जयचौकमा ट्राफिक सचेतना बोर्डहरु राखियो - Crazysaptahik.com

जयचौकमा ट्राफिक सचेतना बोर्डहरु राखियो


क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरेको बढी दुर्घटना हुने वडा नं. २ को मुख्य सडकमा अवस्थित जयचौकमा ट्राफिक सचेतना सम्वन्धी बोर्डहरु राखिएको छ ।
आज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा नं. २ का वडाध्यक्ष नैना राई, ट्राफिक कार्यालय पथरीका प्रमुख योगेन्द्रसिंह खड्का, प्रहरी हवल्दार अच्युत सिग्देल, इलाका प्रहरी कार्यालय पथरीका इन्सपेक्टर राजेन्द्र पौडेल, सशस्त्र वेस क्याम्प शनिश्चरे शिविरका प्रमुख निराजन कार्की र वडा नं. २ का वडा सदस्यहरूको उपस्थितिमा ट्राफिक सचेतना सम्वन्धी बोर्डहरु राखिएको हो ।

‘विस्तारै हाँक्नुहोस, वन्यजन्तु बाटो काट्ने ठाउँ, सावधान दुर्घटना सम्भावित क्षेत्र, विस्तारै हाक्नुहोस्, भन्ने सचेतनामूलक सन्देश लेखेका बोडहरू सो सडक खण्डमा राखिएको वडाध्यक्ष नैना राईले जानकारी दिनुभयोे । सो बोर्डहरू पथरीशनिश्चरे नगरपालिकाको सौजन्य तथा पथरी ट्राफिक प्रहरी कार्यालय अनुरोधकर्तामा राखिएको हो ।

सम्बन्धित खवर