वन व्यवस्थापन सम्वन्धी एक दिने प्रशिक्षण कार्यक्रम - Crazysaptahik.com

वन व्यवस्थापन सम्वन्धी एक दिने प्रशिक्षण कार्यक्रम

 

क्रेजी संवाददाता
पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं. १० मा स्थापित डाँस मोरङ्गी सामुदायिक वनमा समूह संचालन तथा वन व्यवस्थापन सम्वन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार भएको सो प्रशिक्षण कार्यक्रमको आयोजना श्री सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नगर समिति पथरीशनिश्चरेल गरेको हो ।
पथरीशनिश्चरे नगर क्षेत्रमा रहेका सामुदायिक वन उपभोत्ता सम्रहको पदाधिकारी तथा सदस्यहरूलाई वन व्यवस्थापन, कर, समूहको क्षेत्रधिकार, समूहको विधान, वन नियमावली, सरकारी कानुन लगायतको विषयमा प्रशिक्षण दिइएको थियो ।

सामुदायिक वन उभपभोक्ता महासंघका प्रदेश अध्यक्ष अग्नी पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मोरङमा र प्रदेशमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रम र वन अभियानकर्मी रेनुका दाहालको जन्मदिनको केक समेत काटेर शुभकामना कार्यक्रम भयो । महासंघको नगर अध्यक्ष मैनादेवी फुयल आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव हेमभक्त गुरुङले संचालन गरेका थिए ।

 

सम्बन्धित खवर