फेरिदै हरियाली वनको स्वरुप - Crazysaptahik.com

फेरिदै हरियाली वनको स्वरुप

–ईस्वर दुलाल
पूर्वमा सालबारी सामुदायिक वन, पश्चिममा शान्ती सामुदायिक वन, उत्तरमा वैज्ञानिक साझेदारी वन र दक्षिणमा मुख्य सडक (पूर्व पश्चिम राजमार्गको बिचमा रहेको सुन्दर वन हो हरियाली सामुदायिक वन । यस वनले २ सय ४५.९४ हेक्टर क्षेत्रफल ओगटेको छ । वनमा हालसम्म १ हजार १५ जना सदस्यहरु रहेका छन् । वनले वार्षिक रुपमा १८ जना उपभोक्ता थप गर्न पाईने वैधानिक व्यवस्था रहेको छ ।
वि.सं. २०५६ सालमा कृष्णराज बेघाको अध्यक्षतामा स्थापना भएको वनमा कर्णबहादुर गुरुङ, रिता गिरी, देवीप्रसाद भेट्वाल पूर्व अध्यक्षहरु हुन् । वि.सं. २०७१ सालमा काबुलबहादुर मगर (विकास)को अध्यक्षतामा समिति चयन भएपछि वनले नयाँ तथा आधुनिक गति प्राप्त गर्याे ।

हरियाली वनको सभा हल ।

हाल तेस्रो कार्यकालमा पनि मगरकै अध्यक्षतामा २३ सदस्य समिति गठन भई वन विकासमा लागिपरेका छन् । मगरका नेतृत्वमा समिति तयार भएपछि हरियाली सामुदायिक वनले २०७३ सालमा मोरङ जिल्ला वन सान्तवना पुरस्कार, २०७४ सालमा मोरङ जिल्ला वन दोस्रो, २०७५ मोरङ जिल्ला वन प्रथम २०७५ सालमा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार सान्तवना हुदै २०७६ सालमा देशभरका करिब २२ हजार सामुदायिक वनहरुलाई पछि पार्दै हरियाली सामुदायिक वन उत्कृष्ट बन्यो ।

वन भित्र रहेको निर्माणाधीन कम्पोष्ट मल बनाउने उद्योग ।

यस्तै सोही अनुरुप अध्यक्ष मगरले सामुदायिक वन अभियन्ता राष्ट्रिय पुरस्कार २०७८ प्राप्त गर्न सफल भए । सो वनले गरिबी निवारणका लागि विभिन्न कार्यक्रमहरु पनि गर्दै आइरहेको छ । जस्तै दीर्घ रोग उपचार रु. ३० हजारका दरले, कम्पोष्ट मल बनाउने तालिम, विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृद्धि, साइकल वितरण तथा विपन्न परिवारहरुलाई आवास निर्माण जस्ता सामाजिक कार्यहरुमा पनि अग्रसर रहेको छ भने हाल ४५ दिने आधारभूत कुक तालिम सञ्चालन गरिरहेको छ ।

वन भित्र निर्माणधीन सुविधा सम्पन्न पानी पोखरी ।

हरियाली वन व्यवस्थापनमा नेपालकै उत्कृष्ठ भएपछि पर्यटनको सम्भावना थप उचाईमा चुलियो । साथै वन अवलोकन तथा भ्रमण गर्न देशभरबाट वन अवलोकनकर्ताहरुको घुइँचो समेत बढ्न थाल्यो । तर, विडम्बना मुलुकमा कोरोना भाइरस फैलिएपछि त्यो दर घटेर शून्य अवस्थामा आयो तर, हालको माहामारीको जोखीम अन्य भएसँगै पर्यटकहरुको घुँइचो बढ्ने क्रममा छ । । शून्य रहेको दर हाल हप्तामा ३ / ४ वटा समूह अवलोकनको लागि आउने गरेको का. सचिव लिला गुरुङले जानकारी दिए ।

हरियाली वन मात्र नभएर सो वन पब्लिक कम्पनी दर्ता गरी वृहत् पर्यटकीय क्षेत्र विकासको डीपीआर तयार भएर निर्माण कार्य संचालनमा छ । २० करोड बढीको योजनामा तयार हुँदै गरेको पर्यटकीय स्थलमा अथाह संभावना देखिन्छ । वातावरणीय असरको लागि वातावरणीय प्रभाव मूल्याङ्न÷ प्रारम्भिक वातावरणीय परीक्षण गरेर ‘सिमसार तथा पर्यापर्यटन प्रबद्र्धन’ कार्ययोजना डिभिजन वन कार्यालय मोरङबाट स्वीकृतिको साथै निर्माण अनुमति समेत प्राप्त गरी काम भइरहेको छ । पर्यापर्यटन सम्वन्धीको बृहत् गुरु योजना अनुसार १२.२८ हेक्टर क्षेत्रमा नेपालको नक्साको बोटिङ सहितको पोखरी, पूर्वमा भारतको सिलुगुडी, पश्चिममा सप्तरी सिराहासम्मको वन जंगल र उत्तरको चुरे क्षेत्रको दृश्य हेर्न सकिने भ्यु टावर, ट्रि हाउस, पानीको फोहरा, साँस्कृतिक संग्राहलय, धिमाल जातिको संस्कृति, नेपालको संस्थापक यलम्बरको मूर्ति, बाल उद्ययान, खुल्ला व्यायमशाला, पिकनिक स्पट, बगैचा सहितको आकर्षक फुटपाथ, बैठक हल तथा पाहुना घरहरुको निर्माण हुनेछ ।

हरियाली वनद्वारा ४५ दिने कुक तालिममा सहभागीहरु ।

हरियालीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट मोरङ क्षेत्रनम्बर ३ का माननिय पूर्वमन्त्री भानुभक्त ढकालले पर्यटन प्रवद्र्धनका लागि दुई करोड ७० लाख बजेट विनियोजन गरिदिए । साथै हरियाली वन उपभोक्ता समितिले १ करोड ४६ लाख गरी ४ करोड १६ लाख रुपैयाँ वजेट विनियोजन भएको छ । संघीय मन्त्रालयबाट आएको बजेटले हरियालीको योजनामा सहयोग पुगेको छ ।
वनको हाल कार्यक्रम गर्नका लागि पर्याप्त ठूलो स्पेस रहेको एसी सहितको हल सञ्चालनमा छ । सो हलमा विविध साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्न सहज भएको स्थानीय उपभोक्ताहरु बताउँछन् ।

सो हलमा विवाह, व्रर्तमन्ध, गुन्युचोली लगायत संस्कार, संस्कृति एवम् कार्यक्रमहरु बाक्लै हुनेगरेको छ । सो हलको भाडा ८ हजार रुपैयाँ रहेको छ । कार्यक्रमका लागि सो क्षेत्र भित्र किचन निर्माण, आधुनिक शौचालय निर्माण, पेवल जडान तथा सुविधा सम्पन्न व्यवस्थित पानी पोखरी निर्माणको कार्य तिव्र रुपमा निर्माण भइरहेको छ । जसको स्टमेट ४ करोड १६ लाखको थियो भने निर्माण कम्पनी वल्र्डवाइड जोशी शिवालय जे.भी. कम्पनीले ३ करोड ५५ लाख ७९ हजार ९ सय १४.७७ पैसामा ठेक्का प्राप्त ग¥यो । पानीको स्रोत तथा निकास सम्वन्धी अध्ययन गरेर चाँडै नै स्वीमिङ पुलसंचालनमा ल्याउने समूहका अध्यक्ष काबुल मगर (विकास)ले जानकारी दिनुभयो ।


हरियाली वनमा कम्पोष्ट मल उद्योगको हल निर्माणधीन अवस्थामा रहेको छ । जिल्ला वनको ५ लाखको अनुदान र वनको ५ लाख गरी १० लाखको लागतमा सो उद्योग निर्माण भइरहेको छ । पाउनुपर्ने सेवा सुविधा प्राप्त भएको र वन विकाससँग समिति लागिपरेको कुराले आफू लगायत उपभोक्ताहरु सन्तुष्ट भएको टोल नं. ३९ को प्रमुख मानबहादुर थापाले जानकारी गराए ।

सम्बन्धित खवर