क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ मा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले मुटु रोगी तथा ब्लड क्यान्सर पीडितहरुलाई आर्थिक सहयोग गरेको छ ।
हरियाली वनका उपभोक्ताहरु मानबहादुर लिम्बु, गंगामाया तामाङ, हर्कबहादुर राईलाई सहयोग नगद रु. ३० हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष काबुल बहादुर मगर (विकास)ले जानकारी दिनुभयो । सो सहयोग वडा नं. २ का वडाध्यक्ष नैना राई, हरियाली पब्लिक कम्पनीका अध्यक्ष दिलबहादुुर तामाङ, वडा सदस्य चन्द्र राई लगायत हस्तान्तरण गर्नुभएको थियो । हरियालीले आफ्ना उपभोक्ताहरुलाई यस किसिमको सहयोग हरेक वर्ष गर्दै आइरहेको छ ।