क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको महिला तथा बालबालिका शाखाले आज अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण गरेको छ ।
नगरपालिकाको सभाहलमा डा. ओमशॉित रजकको सहयोगमा शाखाले हस्पिटलको रिपोर्ट हेरी परिचय–पत्र वितरण तथा परामर्श प्रदान गरेको हो । सो कार्यक्रममा कार्यपालिका सदस्य अन्जना दर्जी, नगरको म.वि.नि. सृजना भट्टराई, मनिता थापा लगायतको उपस्थितिमा परिचय पत्र वितरण तथा नविकरण गर्ने कार्य सम्पन्न भएको हो ।