बंगुरपालक कृषकलाई लक्षित अभिमुखीकरण कार्यक्रम - Crazysaptahik.com

बंगुरपालक कृषकलाई लक्षित अभिमुखीकरण कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा बंगुरपालक कृषक र सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बंगुर पालनसम्बन्धी फाम व्यवस्थापन र जैविक सुरक्षाका विषयमा जानकारी दिइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मोहन प्रसाद तुम्वापो, विशेष अतिथिका वडा नं. ७ का अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक उद्धवराज बस्नेत शाखा प्राविधिक गणेशप्रसाद सिवाबोटी, पशु प्राविधिक लक्ष्मीकुमारी घिमिरे, कर्मचारी भेसप्रसाद घिमिरेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पशुपालन फामहरूलाई आवश्यक जैविक सुरक्षासम्बन्धी सामग्री हस्तान्तरण गरिएको थियो । साथै, उत्कृष्ट अभ्यास अपनाएका ६ वटा वंगुर फामलाई ‘पशुपालन असल अभ्यास अनुमतिपत्र’ प्रदान गरिएको छ । वडा नं. १०, विरेन्द्र टोलको अस्मी कृषि फाम, वडा नं. ९ को असर्फि कृषि फाम, वडा नं. ६ को मोती एकीकृत कृषि फाम, वडा नं. २ को शान्ता वंगुर फाम, करूणा वंगुर कृषि फाम, दर्पण एग्रो फामलाई नगरप्रमुख मोहन प्रसाद तुम्वापोले प्रदान गर्नुभएको थियो ।

सम्बन्धित खवर