नगरद्वारा विभिन्न योजनाहरुको अनुगमन - Crazysaptahik.com

नगरद्वारा विभिन्न योजनाहरुको अनुगमन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देवीमाया काफ्लेको संयोजकत्वमा नगरका विभिन्न सम्पन्न भएका योजनाहरुको अनुगमन गरिएको छ ।
आइतबार प्राविधिक सहित विभिन्न वडामा पुगेर उप–मेयरले सडक, सामुदायिक विद्यालय, पुल, सामुदायिक भवन, गुम्बाको अनुगमन गर्नुभएको हो । उप–प्रमुख काफ्लेले ठेक्का सम्झौताअनुसार काम भए÷ नभएको जानकारी लिनुभएको छ ।
सो अनुगमनमा वडा नं. ९ का वडाध्यक्ष तथा अनुगमन समितिका सदस्य वीरबहादुर राई, कार्यपालिका सदस्य तथा अनुगमन समितिका सदस्य अञ्जना शिवा, योजना शाखा प्रमुख एवं सूचना अधिकारी शिव कुमार राई, राजश्व शाखा प्रमुख तारा ढकाल, इन्जिनियर सन्तोष केसी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.