लेटाङ नगरपालिकाद्वारा दर्जन बढी सम्मानित - Crazysaptahik.com

लेटाङ नगरपालिकाद्वारा दर्जन बढी सम्मानित

क्रेजी समाचारदाता
लेटाङ । मोरङको लेटाङ नगरपालिकाले नगरमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने दर्जन बढीलाई सम्मान गरेको छ ।
नव निर्मित नगर अस्पतालको सभाहलमा सोमबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा भएको नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजानिक कार्यक्रममा जग्गादाता, उत्कृष्ट शैक्षिक संस्था, सेवाप्रदायक कर्मचारी, शिक्षक, विद्यार्थी, खेलाडी र कृषकहरूको योगदानलाई मूल्यांकन गर्दै नगरले सम्मान गरेको हो ।
कार्यक्रममा लेटाङ–५ मा वडा कार्यालय भवन र स्वास्थ्य केन्द्र निर्माणको लागि जग्गादाता टोमनाथ मगर, पुनम मास्की मगर, घनश्याम मगर, मानबहादुर चौहान, डम्बर कुमारी कार्की र अर्थ बहादुर कार्कीलाई दोसल्ला तथा सम्मानपत्रसहि सम्मान गरिएको थियो ।
नगरपालिकले आ.व. २०८१/८२ मा अवकाश प्राप्त शिक्षक–कर्मचारीहरू नारायण खतिवडा, श्रीप्रसाद ढकाल र बलबहादुर मगरलाई दीर्घकालीन सेवाको कदर गर्दै सम्मान–पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तैगरी ‘इनोभेटिभ टिचर’ को रुपमा देवराज सापकोटा (लक्ष्मी मावि, लेटाङ–२) र ‘नगरको उत्कृष्ट कर्मचारी’ को रूपमा सि.अ.हे.व. इन्द्रकलाकुमारी चौधरी (वारङ्गी स्वास्थ्य चौकी, लेटाङ–७) लाई सम्मान गरिएको थियो
वि.सं. २०८० सालको एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फबाट उत्कृष्ट जीपीए ३.७० प्राप्त गर्ने लक्ष्मी माध्यमिक विद्यालय, लेटाङ–२ की छात्रा पूजा दाहाल र ३.९१ जी.पी.ए. प्राप्त गर्ने शिक्षा विकास माध्यमिक विद्यालय, लेटाङ –५ का आभाष मिश्रलाई सम्मान गरिएको हो ।
यसैगरी वि.सं. २०८० सालको एसईई परीक्षमा संस्थागत विद्यालयतर्फ ३.६५ जीपीए ल्याउने ग्यालेक्सी एकेडेमी, लेटाङ–३ की सामना लिम्बु र ३.४५ जीपीए प्राप्त गर्ने लेटाङ ग्रीनभ्याली एकेडेमी, लेटाङ–४ का गौरव अधिकारीलाई सम्मान गरिएको थियो । वि.सं. २०८१ सालको कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि सोही अवसरमा सम्मान गरिएको छ । उत्कृष्ट जीपीए ल्याउने मध्ये लक्ष्मी मावि, लेटाङ–२ की अनुस्का मगर, शान्ति भगवती मावि, लेटाङ–४ का पृथ्वीराज कटुवाल र नोबेल एजुकेशन डेभलपमेन्ट एण्ड फाउण्डेसन, लेटाङ–८ का अर्लि मगर र आयुस खत्रीलाई सम्मान गरिएको हो ।

शैक्षिक क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्न सफल शान्ति भगवती मावि लेटाङ–४ ले पहिलो र श्री शिक्षा विकास मावि लेटाङ–५ ले दोस्रो स्थान प्राप्त गर्दै नगद सहित सम्मान पत्र प्राप्त गरेका छन् । आधारभूत विद्यालयतर्फ श्री बाल विकास आ.वि. लेटाङ–१ पहिलो र श्री पब्लिक प्रा.वि. लेटाङ–६ दोस्रो भएका छन् । यसैगरी २०८१ को एसईईमा सर्वाधिक प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालय लेटाङ–७ पित्लुम्बामा अवस्थित लक्ष्मी माविलाई सम्मान गरिएको थियो ।
यसैगरी नगरले कृषकहरुलाई पनि सम्मान गरेको छ । उत्कृष्ट कृषकको रुपमा कफी खेती तर्फ लेटाङ–७ का राजविक्रम राई, च्याउ खेती तर्फ लेटाङ ९ का राजन सापकोटा र तरकारी खेतीतर्फ लेटाङ ३ की पलम कुमारी मगरलाई सम्मान गरिएको थियो ।
यसैगरी नगरले खेलाडीहरुलाई पनि सम्मान गरेको छ । कोशी प्रदेशको टीमबाट खेल्न सफल महिला भलिबल खेलाडी लिला लिम्बु, सोलिना लिम्बु र स्मृति राईलाई सम्मान गरिएको छ । यस्तै बी डिभिजनको क्लवबाट फुटबल खेलिरहेका ध्रुव तिरुवा र सुमन मगरलाई पनि सम्मान गरिएको छ । यस्तै प्रदेश स्तरीय कराँते प्रतियोगितामा स्वर्णपदक विजेता खेलाडी दीपशिखा राई र पुजन विकलाई पनि सम्मान गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.