सहिद रत्न मार्ग नगर प्रमुखद्वारा उद्घाटन - Crazysaptahik.com

सहिद रत्न मार्ग नगर प्रमुखद्वारा उद्घाटन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा अवस्थित सहिद रत्न मार्ग (कालोपत्रे)को औपचारिक रुपमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभएको छ ।
आज एक औपचारिक कार्यक्रमका बीच रिबन काटी नगर प्रमुख तुम्वापोले सो मार्गको उद्घाटन गर्नुभएको हो । प्रमुख तुम्वापोले विगत तीन वर्षदेखि निरन्तर सहित रत्न मार्ग खण्डमा संघीय सरकारबाट क्रमागत बजेट र पथरी शनिश्चरे नगरपालिकाको बजेट समेत गरी लागत साझेदारीमा साढे ३ किलोमिटर सडकमा कालेपत्रे गर्न सफल भएको बताउनुभयो ।
आर्थिक वर्ष २०८१/०८२ मा मात्रै वडाको सहिद रत्न मार्ग अन्तर्गत पथरी बहुमुखी दक्षिणदेखि बुद्ध चौक, बोक्रे चौक हुँदै कालापानी सम्म जोड्ने करिब ३ किलोमिटर सडकमा कालोपत्रे गरिएको वडाध्यक्ष नैना राईले जानकारी दिनुभयो ।
जेभी निर्माण कम्पनीले कूल १ करोड ८२ लाख ५३ हजार १ सय ५० रुपैयाँमा (भ्याटसहित) सम्झौता गरी काम सम्पन्न गरेको इन्जिनियर हसरत अलि नेपालले जानकारी दिनुभयो ।
कार्यक्रममा नगर प्रवक्ता नविन कार्की, वडा सदस्यद्वय चन्द्रकुमार राई (सिके), सिता दर्जी, पूर्व वडाध्यक्ष याम गुरागाई, राजनीतिक दलका प्रतिनिधिहरु, नगरका इन्जिनियर सन्तोष केसी, सञ्चारकर्मीहरु र वडावासीहरूको उपस्थिति रहेको थियो । सो मार्ग कालोपत्रे भएपछि आवत जावतमा निक्कै सहजता भएपनि नगरवासीहरु हर्षित भएका छन् ।

सम्बन्धित खवर