ऊर्जामन्त्री पुन बोल्दाबोल्दै संसदमा बत्ती निभ्यो  - Crazysaptahik.com

ऊर्जामन्त्री पुन बोल्दाबोल्दै संसदमा बत्ती निभ्यो 

क्रेजी साप्तासिक
पथरी । बिहीबार संसदमा उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बोल्दैगर्दा बत्ती निभेको छ । जुम्लामा विद्युतीकरणको विषयमा सांसद गजेन्द्र महतले उठाएको प्रश्नको जवाफ दिन रोष्टम पुगेका मन्त्री पुन बोल्दाबोल्दै बत्ती निभेको हो । बत्ती निभे पनि उनी बोलिरहे । करिब १५ सेकेन्डपछि बत्ती बालिएको थियो ।

केही दिनअघिको संसद बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा बिजुली अवरुद्ध भएको जानकारी गराउन पटक पटक प्रयास गर्दा पनि मन्त्री पुन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बेवास्ता गरेको आरोप लगाएका छन् ।सांसद महतको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले जुम्लाको समस्या आफूहरुलाई जानकारी भएको भन्दै त्यसको समाधानका लागि पहल गरिरहेको बताए । उनले जुम्लामा बत्ती बाल्न तत्कालका लागि ३ सय केभीएको डिजेल प्लान्ट पठाउने तयारी भइसकेको बताए ।

जुम्लामा सञ्चालित २ सय ४० किलोवाटको लघु जलविद्युत आयोजना बिग्रिएकाले बत्ती नबलेको हो । मन्त्री पुनले उक्त आयोजना मर्मत सम्भार गर्ने र जुम्लासहित कर्णाली प्रदेशमा केन्द्रीय प्रशारण लाइन पुर्‍याउन काम सुरु भइसकेको पनि जानकारी गराए ।मन्त्री पुनलाई प्रश्न सोध्दा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले भने ‘माननीय ऊर्जामन्त्रीले बोल्दै गर्दा बत्ती निभ्नुले देशको विद्युत आपूर्ति अवस्था के छ भन्ने देखाउँछ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.