लायन्स क्लव अफ पथरी योङहार्टद्धारा वाढी पिडितलाई राहत वितरण - Crazysaptahik.com

लायन्स क्लव अफ पथरी योङहार्टद्धारा वाढी पिडितलाई राहत वितरण


प्रेमप्रसाद भटराई (के.डी)
पथरी । लायन्स क्लव अफ पथरी योङहार्टले कानेपोखरीका वाढीपिडितलाई राहत वितरण गरेको छ । वडा नं २ र ५ का वाढिपिडित ३१ परिवारलाई क्लवले विहिवार राहत वितरण गरेको हो ।

कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारावहादुर काफ्ले सहितको उपस्थितिमा करिव २ लाख मुल्य वरावरको राहत प्रदान गरिएको थियो । प्रत्येक परिवारलाई १ वोराका दरले चामल, कपडा, झुल, भाडाकुडा सहितका सामग्री प्रदान गरिएको थियो । साथै एक अति विपन्न परिवारलाई नगद ७ हजार समेत प्रदान गरिएको लायन्स राजेन्द्र वस्नेतले जानकारी दिए । क्लवले पथरीमा स्थापना भएको छोटो समयमै सामाजिक कार्यका साथै प्राकृतिक प्रकोपका पिडितहरुको समस्यामा सहयोगी भुमिका खेल्दै आएको छ ।

सम्बन्धित खवर