विप्लव समुहका २ कार्यकर्ता पक्राउ - Crazysaptahik.com

विप्लव समुहका २ कार्यकर्ता पक्राउ


क्रेजी साप्ताहिक
पथरी । प्रहरीले नेपाल सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका दुई कार्याकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिरकोट नगरपालिका–९ घर भई हाल वालिङ नगरपालिका–९ बस्ने ३० वर्षीय मोहन सिञ्जाली र सोही नगरपालिकाका ४६ वर्षीय शिव दर्लामी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सिञ्जालिलाइ बिहिवार वालिङ बाट नियन्त्रण मा लिएको छ भने दर्लामीलाई बुधबार राति गल्याङ नगरपालिका–३ गल्याङबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकामध्ये दर्लामी जिल्ला कमिटी सदस्य र सिञ्जाली साधारण कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिए ।

प्रहरी निरीक्षक सिंहले पक्राउ परेका दुवैलाई विस्फोटक पदार्थ एवं राज्यविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाइएको जानकारी दिए ।

सम्बन्धित खवर