सामसुङले १ सय ८ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदै - Crazysaptahik.com

सामसुङले १ सय ८ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदै

बजारमा अहिले अधिकतम ४८ मेगापिक्सेल क्षमताको क्यामरा भएका स्मार्टफोन उपलब्ध छन् । यो सूचीमा चाँडै नै ६४ मेगापिक्सेलवाला स्मार्टफोन पनि थपिनेवाला छन् किनकि, रियालमी तथा शाओमीले ६४ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदैछन् ।

धेरै भन्दा बढी मेगापिक्सेलवाला क्यामराको यो दौड यत्तिमै रोकिनेवाला छैन । किनकि दक्षिण कोरियाली कम्पनी सामसुङले निकट भविष्यमै १ सय ८ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउन लागेको छ ।

सोमबार अगष्ट १२ का दिन सामसुङले १ सय ८ मेगापिक्सेल क्यामराको स्मार्टफोन सार्वजनिक गर्न लागेको छ । सामसुङले ट्वीटरमा एक आधिकारिक पोस्टर अपलोड गर्दै यसको जानकारी गराएको हो ।

गत महिना एउटा खबर आएको थियो, जसअनुसार सामसुङको १०८ मेगापिक्सेल क्यामराको स्मार्टफोन सन् २०२० मा लञ्च हुने बताइएको थियो । तर सामसुङले त्यो मितिभन्दा निकै छिटो गरी उक्त स्मार्टफोन ल्याउने भएको हो ।

त्यस्तै हालैको एक रिपोर्टमा दाबी गरिएको थियो कि शाओमीले सबैभन्दा पहिले सामसुङको Mi Mix 4 सेन्सरको प्रयोग गर्ने छ । शाओमीको उक्त फोनको नाम ःष् ःष्ह द्ध हुनेछ । यदि उक्त समाचार अनुसार भएमा शाओमीले पनि यही वर्ष १०८ मेगापिक्सेलको फोन ल्याउनेछ । जबकि शाओमीले त्यसअघि नै ६४ मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन ल्याउने तयारी गरेको छ ।

सम्बन्धित खवर