होड हनिमुन - Crazysaptahik.com

होड हनिमुन

हनिमुनको अर्थ हुन्छ एक साथ छुट्टी बिताउनु र एक–अर्कालाई बुझ्नु, सामीप्यता र आत्मीयताको अनुभव गर्नु हो । आफ्नो घर बाहेक यसका लागि अरु कुनै उत्तम स्थान सायदै होला ।
एकल परिवारको बढ्दो प्रचलनले घर मै हनिमुन मनाउन सम्भव पनि देखिन्छ । दम्पती दुवै मिलेर काम पनि गर्न सक्छन् र एकान्तको शुन्यतामा रोमान्स गर्ने अवसर पनि प्राप्त हुन्छ । चाहे त्यो किचन होस् वा बाथरुम, घरको हरेक कुना रोमान्सका लागि उपयुक्त हुनसक्छ ।

बाथरुम रोमान्स :
रोमान्सलाई पूर्णरुपमा ‘इन्जोय’ गर्न बाथरुम बेस्ट हुनसक्छ । एक–अर्कालाई साबुन, स्याम्पु लगाइदिएर होस् वा बाथटबमा एकसाथ नुहाएर रोमान्सको पर्याप्त आनन्द उठाउन सकिन्छ ।

किचन रोमान्स :
किचन रोमान्सको आफ्नै किसिमको आनन्द हुन्छ । एक–अर्कासित ख्याल ठट्टा गर्दै जिस्कने, एक–अर्कालाई ड्राइ फुड्स, आइसक्रिम आदि ख्वाएर रोमान्सको बेग्लै आनन्द लिन सकिन्छ ।

ड्राइङ रुम रोमान्स :
यहा“ पनि रोमान्सको अथाह सागरमा डुब्न सकिन्छ । सोफा, सेन्ट्रल टेबल, कुशन आदि तपाईंको रोमान्समा सहायकसिद्ध हुन सक्छ । आपसी समझदारीमा एडल्ट मुभी हेर्न सकिन्छ र आपसी स्पर्श जिस्क्याइ आदिले रोमान्सको वातावरण निर्माण गर्न सकिन्छ ।

बेडरुम रोमान्स :
रोमान्समा बेडरुम सबैभन्दा महत्वपूर्ण हुन्छ । किनकि दम्पतीको धेरैजसो अन्तरंग समय यही व्यतीत हुन्छ । बेडरुम रोमान्स अझ स्मरणीय र रोमाञ्चक बनाउन यसको सजावट र वातावरणलाई ध्यान दिनु आवश्यक हुन्छ । बेडरुमलाई खास लुक दिएर रंगी – बिरंगी क्यान्डल प्रयोग गर्नु अति उत्तम हुन्छ ।

सम्बन्धित खवर