सामुदायिक बनमा लगाइएको तेहोरो करप्रणालीप्रति बनसमितिको असन्तुष्टि - Crazysaptahik.com

सामुदायिक बनमा लगाइएको तेहोरो करप्रणालीप्रति बनसमितिको असन्तुष्टि

क्रेजी साप्ताहिक
पथरी । सामुदायिक वनहरुमा सरकारले ल्याएको तेहोरो कर प्रणालीप्रति मोरङको पथरीशनिश्चरेका वनहरुले असन्तुष्टि जनाएका छन् । यसैक्रममा नगरका वन पदाधिकारीहरुले शनिवार यस विषयमा छलफल गरेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला मोरङको आयोजना र नगर महासंघ पथरीको व्यवस्थापनमा हरियाली सामुदायिक वन कार्यालयमा भएको छलफलमा सामुदायिमक वन नगर महासंघका अध्यक्ष रविनद्रकुमार राईको अध्यक्षता रहेको थियो । त्यस्तै कार्यक्रममा प्रदेश महासंघ सचिव अग्नि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।सामुदायिक वनले अहिले संघीय सरकारलाई १५ प्रतिशत प्रदेश सरकारलाई १५ प्रतिशत र स्थानिय सरकारलाई १० प्रतिशत कर आर्थिक ऐनमा ल्याइएको बताइएको छ ।

छलफलका प्रमुख अतिथि पौडेलले सरकारले तेहोरो कर प्रणाली बनद गरि एकाद्धार कर प्रणालीमा लानुपर्ने बताउदै उपभोक्ताले जोगाएको वन भोलीको दिनमा जोखिम बढेको बताए । यस्तै फोकोफोन सचिवालय १ नं प्रदेश सदस्य रेणुका दाहालले सामुदायिक वनको स्वामित्व सरकारको भएपनि जनताले जोगाएको र कर ऐनले बन धराशायी बनाउन खोजेको बताइन ।

सम्बन्धित खवर