रविलाई फेरी अर्को झ्ट्का, खेम भण्डारीले हाले मुद्धा (उजुरी पत्र सहित) - Crazysaptahik.com

रविलाई फेरी अर्को झ्ट्का, खेम भण्डारीले हाले मुद्धा (उजुरी पत्र सहित)

ंक्रेजी साप्ताहिक
पथरी । न्यूज २४ बाट प्रसारित चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’ का कार्यक्रम प्रश्तोता रवि लामिछाने विरुद्ध फेरी अर्काे मुद्धा दर्ता भएको छ । कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उनिविरुद्ध उजुरी दर्ता गरेका हुन । उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका छन ।

पत्रकार भण्डारीले लामिछानेलाई पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गरेका छन । स्मरण रहोस सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछाने ११ दिनको प्रहरी अनुसन्धान पार गर्दै चितवन जिल्ला अदालतको आदेश अनुसार पुडासैनी आत्महत्या प्रकरणमा ५ लाख धरौटी रकम बुझाएर छुटेका हुन । सो प्रकरणमा अदालतले चाहेको समयमा उपस्थित हुनु पर्ने सर्त सहित उनी हिरासत मुक्त भएसँगै राजनीतिमा आउने संकेत समेत गरेका छन् ।

पत्रकार भण्डारीले मिडिया काउन्सीलमा दर्ता गराएको उजुरी पश्चात कार्यक्रम प्रस्तोता लामिछाने थप संकटले घेरिएका छन । पत्रकार भण्डारीले रविबिरुद्ध सामाजिक सञ्जालमा स्ट्याटसहरु समेत लेख्दै आएका छन् ।

हेर्नुहोस मुद्धा

सम्बन्धित खवर