वि.पी. को जन्मजयन्तिको अवसरमा काङ्ग्रेसले ग¥यो वृक्षारोपण - Crazysaptahik.com

वि.पी. को जन्मजयन्तिको अवसरमा काङ्ग्रेसले ग¥यो वृक्षारोपण


प्रेमप्रसाद भट्टराई (के.डी)
पथरी । महामानव विपी कोइरालाको १०५ औ जन्मजयन्तीको अवसरमा नेपाली काङग्रेस पथरीशनिश्चरे नगरकमिटिले वृक्षारोपणका साथै विचार गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ ।

शान्ति सामुदायिक वनमा वृक्ष रोपेर सुरु गरिएको सो कार्यक्रममा नगर सभापति टेकवहादुर थापाको सभापतित्व रहेको थियो । नेपाली काङग्रेस प्रदेश नं १ का प्रमुख सचेतक केदार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा क्षेत्र नं ३ का सभापति गणेश खड्का, नेविसंघ नगर सभापति विपिन धिमाल, वडा नं ६ का वडाध्यक्ष जयबहादुर तामाङ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा के.वि गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले वि.पिको जिवनका घट्ना तथा नेपालको राजनैतिकि सुधारमा उनले गरेको योगदानको व्यख्या गरेका थिए । उनले चर्चित सञ्चारकर्मि रवि लामिछानेको उदाहरण दिँदै देश र जनताका लागि बोल्ने र तथा त्याग गर्ने व्यक्ति तथा दललाई जनताले उच्च मुल्याङ्कन गर्ने कुरा स्मरण गराए । विपिको योगदानकै कारण जनताले विपिको नाम लिएर कम्युनिश्टले भोट माग्दा सहजै जिताएको कुरा वताए । उनले भने ‘हामिले वि.पिको वाटो भुल्दै गएका कारण हामिलाई जनताले नपत्याएका हुन अव हामिले कम्युनिश्ट सरकारको कालो कर्तुत जनतासमक्ष ल्याएर खुलाउनुपर्ने वेला भएको छ । चुनाव अघि मोदी र केही काला वर्णका ब्यक्तिलाई गाली गर्ने अनि चुनाव जितेपछि मोदीको इशारामा चल्ने ओलीको यो खेल जनताले अवश्य एक दिन वुझ्ेर त्यसको सजाय दिनेछन् ।’ उनले होली वाइनमा सारा नेपालीको धर्म बेच्ने कार्य ओली नेतृत्वको सरकारले गरेको आरोप लगाए ।

कार्यक्रमका अतिथि क्षेत्र नं ३ का क्षेत्रीय सभापति गणेश खड्काले विगतका कमीकमजोरीलाई आत्मसात गर्दै एकसाथ अगि वढ्नुपर्ने बताए । उनले रिना मृत्यु प्रकरणको प्रशंग जोड्दै रिनाको न्यायका लागि आवाज उठाउन सहयोग माग्न जाँदा चुकुल लगाएर लुकेको बताउदै स्थानिय सरकारका जनप्रतिनिधिहरु जनताको सुरक्षाको लागि भुमिका खेल्न आलटाल गरेको आरोप लगाए ।

सम्बन्धित खवर