गुगलले किन हटायो २५ सय युट्युब च्यानल ? - Crazysaptahik.com

गुगलले किन हटायो २५ सय युट्युब च्यानल ?

इन्टरनेट जाएन्ट गुगलले चीनसँग सम्बन्ध रहेका विभिन्न २५ सय वटा युट्युब अकाउन्ट हटाइदिएको छ ।

युट्युबको प्लाटर्फम मार्फत् गलत जानकारीको प्रसारलाई रोक्ने संघर्षमा रहेको गुगलले सोही कदमका रुपमा गत अप्रिलदेखि जुन महिनासम्मको अवधिमा यतिधेरै संख्यामा युट्युब अकाउन्टहरु डिलिट गरिदिएको हो ।

डिलिट गरिएका अकाउन्ट मध्ये अधिकांशमा गलत तथ्ययुक्त तथा गैरराजनीतिक सामग्रीहरु रहेको र कतिपयमा चाहिँ राजनीतिक सामग्रीहरु समेत रहेको गार्जियनले जनाएको छ ।

गुगलका अनुसार चीन तथा रुस लगायतका देशसँग जोडिएका र विभिन्न खाले प्रभाव जमाउनका लागि गलत सामग्रीहरुको सहारा लिएर समन्वयात्मक ढंगले सञ्चालित युट्युब च्यानलहरु हटाइएको हो ।

पछिल्लो समयमा चीन र अमेरिका बीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको र चिनियाँ एप टिकटकको भविष्य अमेरिकामा अनिश्चित देखिँदै गएको अवस्थामा गुगलले यस कदमलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।

आगामी सेप्टेम्बर १५ सम्ममा माइक्रोसफ्टले खरिद गर्ने सम्झौता नटुंगिएमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी राष्ट्रपति डोनाल्ड ट्रम्पको रहेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अविश्वसनीय चिनियाँ एपहरुलाई लगाउने नेटवर्क सफाइ अभियानको घोषणा गरिसकेका छन् ।

– एजेन्सी

सम्बन्धित खवर