कोइराला निवासमा पौडेल पक्षका नेताहरुको बैठक - Crazysaptahik.com

कोइराला निवासमा पौडेल पक्षका नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बसेको छ । शनिबार दिउँसो पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु धारणा बनाउने योजनामा छुट्टै छलफलमा जुटेका हुन् ।

बिहीबार शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको नेता कार्यतालिकाबारे छलफल भइरहेको छ । यसअघि तोकेको भदौ १९–२३ भित्र महाधिवेशन गर्न सम्भव नहुने देखिएपछि कांग्रेसमा अब महाधिवेशनको मिति कहिले तोक्ने भन्ने विवाद रहेको छ ।

महामन्त्री कोइरालाको निवासमा बसेको बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत सहभगी छन् ।

सम्बन्धित खवर