विद्यालयलाई लक्ष्मी बैंकले दियो डस्बिन - Crazysaptahik.com

विद्यालयलाई लक्ष्मी बैंकले दियो डस्बिन

 क्रेजी संवाददाता
उर्लाबारी । लक्ष्मी बैंक लि. उर्लाबारी शाखाले स्थानीय सात वटा सामुदायिक विद्यालयमा डस्विन वितरण गरेको छ ।

लक्ष्मी बैंकले सामाजिक उतरदायित्व अन्तर्गत विद्यालयहरु लाई फोहोर राख्ने डस्विन वितरण गरेको शाखा प्रबन्धक युवराज कोइरालाले जानकारी दिए ।

उर्लाबारीका राधिका मावि, शारदा मावि, सुनपकुवा मावि, लक्ष्मी आधारभुत, दुर्गा मावि, अरनिको मावि र नमुना बाल गृहलाई गरी २० वटा डस्विन उपलब्ध गराइएको थियो । डस्विनहरु विद्यालयका शिक्षकहरुलाई हस्तान्तरण गरिएको थियो ।

बैंकले गरेको कामको प्रशंसा गर्दै शारदा मावि उर्लाबारी १ का प्रधानाध्यापक सुर्य दाहालले यस्ता रचनात्मक कामले नयाँ पिढीलाई समाजमा केही गर्नुपर्छ भन्ने सन्देश दिएको बताए । समाज रूपान्तरणको लागि लक्ष्मी बैंकको अभियानमा साथ दिने भन्दै आगामी दिनमा सहयोगमा हातेमालो गर्ने अपेक्षा राखेको दाहालले बताए ।

सम्बन्धित खवर