क्रेजी संवाददाता
मोरङ। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीको ९ औं अधिवेशन हुने भएको छ । यहि भाद्र ९ गते शनिबार बिराटचोक स्थित जेसिज भवनमा भव्यताका साथ राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीको अधिवेशन हुने भएको हो ।
अधिवेशनमा एमाले नेता महेस बस्नेत, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी अध्यक्ष क्षितिज थेवे, कृष्णहरि केशी, जय गुरुङ लगायका नेताहरुको उपस्तिथि रहने र प्रमुख बक्ताका रुपमा युवाहरुको ढुकढुकी युवा नेता महेस बस्नेत रहनुहुने संघका मोरङ जिल्ला इन्चार्ज प्रविन घिमिरेले जानकारी दिनु भयो ।