अनेम संघ पथरी शनिश्चरेको तीज विशेष कार्यक्रम - Crazysaptahik.com

अनेम संघ पथरी शनिश्चरेको तीज विशेष कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे–१ मा अवस्थित भुल्के जालपादेवी मन्दिर परिसरमा अखिल नेपाल महिला संघ पथरी शनिश्चरे नगर कमिटीले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
आज तीज विशेष तथा वन्यजन्तुलाई फलफूल खुवाउनुका साथै वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो । अनेमसंघ केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज धना तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आँप, लिची, मेवा, केरा, आदि प्रजातिका विरूवाहरू रोपिएको थियो भने वन जंगलमा रहेका वाँदर, चराचुरुङ्गी, समेतलाई केरा लगायत फलफूल खुवाइएको थियो ।


उक्त अवसरमा अनेमसंघ केन्द्रीय सदस्य यमुना विष्ट बास्तोलाले अगाडि भन्नुभयो –“ शहर बजारमा महिला दिदीबहिनीहरुले मौलिक तीज पर्वलाई दुई महिना अघिदेखि मनाउँदा भड्किलो हुँदै गएकोले नेपाली सांस्कृतिक परम्परा विस्थापित हुँदै औल्याउनु भयो। उहाँले ‘हाम्रो साझा तीज पर्वलाई विपन्न वर्गका महिलाहरुले यो पर्व मनाउन समस्या उत्पन्न हुँदै गएको “ उल्लेख गर्नु भएको थियो ।
अनेमसंघ पथरिशनिश्चरे नगरकमिटीकी अध्यक्ष शारदा बस्नेतको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा एमाले निकट पथरी शनिश्चरे नगर कमिटीका ईन्चार्ज दिलिप कुमार राई (किशोर), वडा नं. १ का वडा अध्यक्ष भीमकुमार राई, नगर कमिटीका अध्यक्ष रमेश दाहाल, वडा नं. ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता नविन कार्की, जिल्ला कमिटीका सदस्य भगतचन्द्र थपलिया, बाबुराम एङ्देन, अनेमसंघका प्रदेश, जिल्ला र नगर कमिटीका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । सोही क्रममा विभिन्न तीज गीतहरुमा महिला दिदीबहिनीहरुले छमछमी नाचेर तिजको रौनक छरेका थिए ।

सम्बन्धित खवर