हरितालिका तीज विशेष कार्यक्रम २०८२ भव्य रुपमा मनाइने - Crazysaptahik.com

हरितालिका तीज विशेष कार्यक्रम २०८२ भव्य रुपमा मनाइने

क्रेजी संवाददाता
पथरी । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटी तथा अखिल नेपाल महिला संघ नगरपालिका कमिटीको आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम २०८२ भव्य रुपमा मनाउने तय भएको छ ।
नारीहरूको महत्वपूर्ण चाड हरितालिका तीज यस पटक नेकपा एमाले नगर कमिटी र अखिल नेपाल महिला संघको संयुक्त आयोजना भव्य रुपमा मनाउन लागिएको नगर अध्यक्ष संजिव गिरीले जानकारी दिनुभयो ।
भाद्र २ गते सोमबारका दिन पथरी शनिश्चरे वडा नं. १ रत्नचौकको मनोहर पार्कमा केन्द्रीय सदस्य नैनाकला ओझाको प्रमुख आतिथ्यमा तीज विशेष कार्यक्रम आयोजना हुने नगर कमिटी सचिव विरोज मगरले जानकारी गराउनुभयो ।
यसैगरी कार्यक्रममा नेकपा एमाले पथरी शनिश्चरे नगरपालिका, जिल्ला तथा प्रदेशका नेताहरुको पनि उपस्थिति रहने जनाइएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.