ईटहरीका ब्यबसायी डम्बर तामाङलाई बालग्रामको जग्गा बिक्री गरेपछी नेकपाभित्रै भाँडभैलो - Crazysaptahik.com

ईटहरीका ब्यबसायी डम्बर तामाङलाई बालग्रामको जग्गा बिक्री गरेपछी नेकपाभित्रै भाँडभैलो


क्रेजी साप्ताहिक
पथरी । मोरङको बेलबारी २ मा अवस्थित साहारा बालग्रामको जग्गा बिक्री प्रकरणमा नेकपा भित्र भाडभैलो मच्चिन थालेको छ । ईटहरीका ब्यबसायी डम्बर तामाङलाई साहारा बालग्रामको नाममा रहेको सो जग्गा बिक्री गरिएपछि नेकपा भित्रै भाँडभैलो शुरु भएको हो । जग्गा बिक्री प्रकरणमा पुर्ब सांसद हर्कमान तामाङ,पुर्ब गाबिस अध्यक्ष शिव बराल, नेकपाका जिल्ला सदस्य प्रतापकुमार थापा,बेलबारी २ का लक्ष्मणजंथ थापा लगायतको नाम मुछिएको र उनीहरु जग्गा बिक्रीमा संलगन रहेको भन्दै नेकपा बेलबारी २ ले पत्रकार सम्मेलन मात्र गरेन् उनीहरु बिक्री प्रकरणमा मुछिएकाहरुलाई कारबाहीको माग गर्दै बिरोध प्रर्दशनमा समेत उत्रिए ।

नेपाली काँग्रेस र समाजवादी पार्टी लगायतले पनि घटनामा दोषीलाई कारबाहीको माग गरिरहेका छन् । सो घटनाको बिरोधमा बिभिन्न संघसंस्था समेत उत्रिए । नेकपा बेलबारीले छानबिन समिति समेत गठन गर्यो । सर्बत्र बिरोधपछि बिक्री भएको जग्गा संस्थाकै नाममा फिर्ता भएको छ । तरपनि नेकपाकै नेताहरुबिच भने जुहारी शुरु भएको छ ।

नेकपाका नेता तथा वडा नम्बर २ का अध्यक्ष घनश्याम गौतमले भुमाफियाहरुले जग्गा बिक्री गर्नेदेखि कमिसन खाएको भन्दै बिभिन्न ब्यत्तिहरुको नाम नै लिएर पार्टीले उनीहरुलाई कारबाही गर्नुपर्ने माग सारे । यसैबिच आईतबार बिहान सो घटनामा नाम जोडिएका प्रतापकुमार थापाले पत्रकार सम्मेलन गरी घटनामा आफनो संलग्नता नरहेको जनाएका छन ।

आफनै पार्टीका केही ब्यत्तिहरुका कारण आफनो बदनामी भएको र आफुहरुलाई खराब देखाएर सिध्याउने खेलमा लागेको उनले बताए । आफुलाई बेलबारी वडा नम्बर २ का वडाध्यक्ष घनश्याम गौतमले १ करोड खाएको भनी आरोप लगाएको र सो आरोप गलत भएको भन्दै पुष्टि गर्न चेतावनी समेत दिए । उनले घटनामा नाम जोडिएका तामाङ,बराल निर्दोष रहेको जिकिर गरेका छन ।

नेकपाका एकथरी नेता कार्यकर्ताहरु सत्यतथ्य छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग गरिरहेका छन । स्थानीय भने सर्बपक्षिय छानबिन समिति गठन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिईरहका छन । बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी देशबाहिर रहेका कारण नगरपालिकाको भने कुनै धारणा आएको छैन ।

सम्बन्धित खवर